ताजा अपडेट »

बढ्यो सुनचाँदीको मूल्य

बुधबार, २३ कार्तिक २०७९

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।  मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा १ हजार ४ सय रुपैयाँले बढेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा ३० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।