नवलपरासी । पश्चिम नवलपरासीमा नमुना निर्वाचन गरिएको छ । जनता मा.वि.सरावल–६ भुजहवामा नमुना मतदान कार्यक्रम जिल्ला निर्वाचन कार्यालय नवलपरासीको आयोजनामा सम्पन्न भएको हो । स्थानीय बासिन्दालाई आफ्नो भोट सुरक्षित गर्न र मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नवलपरासीका विभिन्न पालिकाकामा केन्द्र बनाई नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपरासीले मतदाता शिक्षा दिने र मत बदरको अवस्था बुझ्न नमुना मतदान गरेको हो । जिल्ला निर्वाचन कार्यालय नवलपरासीका प्रमुख सुजाता खत्रीले विभिन्न पालिकामा नमुना मतदान हुने र आज जनता मा.वि.सरावल–६ भुजहवामा नमुना मतदान भएको बताइन । ‘मतदान सही तरिकाले गर्नुपर्छ । मत बदर हुनु राम्रो होइन । स्वयमसेविका मार्फत जिल्लामा आफ्नो घरपरिवार र छरछिमेकमा मतदान गर्ने तरिका सिकाइने छ ।’–खत्रीले बताइन् ।
प्रतिक्रिया