ताजा अपडेट »

बार एसोसिएसन गुल्मीको नयाँ कार्यसमिति, अध्यक्षमा खनाल

शुक्रबार, ०४ पुस २०७६

पुस ४,

ग्लोबल आवाज

गुल्मी । नेपाल बार एसोसिएसन जिल्ला इकाई गुल्मीको अध्यक्षमा गोपाल खनाल निर्वाचित भएका छन् । खनालको अध्यक्षतामा १३ सदस्यि जिल्ला इकाई चयन भएको हो । बारको उपाध्यक्षमा लक्ष्मण सापकोटा, सचिवमा हरि अर्याल र कोषाध्यक्षमा बेदप्रसाद कुँवर चयन भएका हुन् ।

सदस्यमा प्रेमराज आचार्य, चिरञ्जीवी शर्मा, टुक बहादुर कुवर, बिनोद पान्डेय, गुणानिधी शर्मा, भिमलाल न्यौपाने, भगवती पान्डेय (शितल) गणेश श्रीपाली र हिरा एसि चयन भएका छन् । नव निर्वाचित समितिलाई बधाई दिँदै जिल्ला अदालत गुल्मीका न्यायाधिश कृष्णप्रसाद पौडेलले बार र अदालतको सम्बन्ध सुमधुर रहने बताए । बार स्वतन्त्र संस्था रहेकाले यो भित्र राजनिति हुँदैन भन्ने यसले गरेका कार्यहरुले दिँदै आएको बताए । उनले बार र बेन्च एउटा सिक्का दुई पाटा रहेकाले न्याय निरुपणका लागि सधै काधमा काध मिलाएर अघि बढने बताए ।

नव निर्वाचित अध्यक्ष खनालले न्याय कुन्ठीत भएका पक्षहरुमा अदालतसँग सहकार्य गरेर अगाडी बढने बताए । उनले आगाभमी दिनहरुमा कानुन व्यवसायीको पक्षमा, न्यायका पक्षमा के कसरी लाग्न सकिन्न भनेर आगामी दिनहरुमा सहकार्य छलफल गरेर अगाडी बढने बताए । निर्वाचन मन्डलको लागि बारले मुख्य निर्वाचन अधिकृतमा राम बहादुर कुँवर र सहायक निर्वाचन अधिकृतमा बिष्णु बहादुर थापा र बल बहादुर कुवरलाइ नियुक्त गरेको थियो ।

आगामी दुई बर्षको लागि नयाँ नेतृत्व चयन भएको हो । नेपाल बार एसोसिएसन जिल्ला इकाइ गुल्मीमा ३१ जनाले सदस्यता लिएको कोषाध्यक्ष बेद प्रसाद कुवरले जानकारी दिए । बारको नयाँ नेतृत्वको पहिलो बैठकले समितिकी सदस्य सह–सचिव भगवती पाण्डेय (शितल) लाई सह–सचीव, र केन्द्रिय पार्षदमा बोमलाल भण्डारी र बिष्णु बलाललाई मनोनित गरेको छ ।