ताजा अपडेट »

लुम्बिनीसहित केहि प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

आइतबार, २० कार्तिक २०७९


काठमाडौं । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।  बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

राति गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनीका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू(भागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने ठानिएको छ ।