परासी । सिजि कम्पनी तथा समूहका मालिक अर्बपति विनोद चौधरी केहिदिनदेखि नवलपरासीका गाउँ–गाउँमा पुगेका छन् । उनी गाउँका सामान्य नागरिकसँग भेटघाट गर्दै भोट मागिरहेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा निार्वचनको लागि मत माग्दै हिँडेका उनी गाउँमा सर्वसाधारणको जीवनशैलीसँग पनि नजिकिएका छन् ।
चुनावी बहानाम उनलाई गाउँमा रमाउने अवसर पनि मिलेको उनी बताउँछन् । उनले ‘म यो देशको पुत्र हुँ , मलाई यो धर्तीको हरेक चीज उत्तिकै प्यारो लाग्छ । मलाई यहांको हरेक चीजसंग अपनत्वको साइनो गाँस्नु छ ।’ भन्दै आफ्नो फेसबुक वालमा स्टाटस लेखेका छन्। उनी रमाइलो गर्दै पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ का मतदाता सामु पुगेका छन् ।
उनी ट्याक्टर , मोटरसाइकल, गाउँमा रहेका गोठ, धानको थ्रेसर,खटिया, अटोरिक्सा, केराको बगान, पोखरीमा आदिमा रमाइरहेको स्टाटस अपडेट गरिरहेका छन्। मुलुककै धनाढ्यको पहिचान बनाएका अर्बपति चौधरीको चुनावका समयमा गाउँ जाँदाका शैली र गतिविधिले यतिबेला चर्चा पाइरहेका छन्।
प्रतिक्रिया