पाल्पा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरीप्रसाद नेपालले एमालेले ३० वर्षमा गर्न नसकेको काम गठबन्धन सरकारले एक वर्षमा गरेको दाबी गरेका छन् । जिल्लाको रैनादेवी छहरा र तिनाउँको वडा नं. १ कचलको गठबन्धनको घरदैलो कार्यक्रममा एमालेले ३० वर्षदेखि जितेर काम गर्न नसकेको कचल फाँट सिंचाई आयोजना गठबन्धन सरकारको पालामा सम्पन्न भएको बताए । उनले ३० वर्षदेखि एमालेबाट वडा अध्यक्ष र गाविस अध्यक्ष भएकोले सिन्को भाँच्न नसकेका मान्छे फेरी उम्मेद्वारी बनेको आरोप लगाउँदै उनलाई पराजित गराउन जनता समक्ष आग्रह गरे ।
गठबन्धनका साझा उम्मेद्वार सोमप्रसाद पाण्डेयले तिनाउँ १ कचलमा रहेको ठूली उदाङ, कचल, ओखलढुंगा क्षेत्रमा सडक र पर्यटनको विकासमा आफ्नो ध्यान जाने बताए । पाण्डेयले आफू यस क्षेत्रको सांसदको रुपमा निर्वाचित भएपछि कचल फाँटको सिंचाइ आयोजना सम्पन्न गर्नमा बजेट निकासासँगै आफूले विशेष पहल गरेको बताए । उनले माथिल्लो क्षेत्रबाट नेपाने जुठापौवा सालझण्डी बाटो पिच गर्ने, सत्यवती लिफ्ट खानेपानी आयोजना संचालन गर्ने, जुठापौवा, चहला, रानीबगिया झिंगामारा हुँदै ठुलीउदाङ सडकको स्तरउन्नती गर्ने, यस क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रहरुको विकास गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताए । यस्तै यस क्षेत्रमा कृषि र पशुपालन व्यवसायको प्रचुर संभावना रहेकोले युवा स्वरोजगार र समृद्धिको लागि यस क्षेत्रमा विकासको लागि आफूले ध्यान दिने बताए ।
गठबन्धनका साझा उम्मेदवार तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेयले पार्टीहरु मिल्नै पर्ने अवस्थामा गठबन्धन गरिएको बताए । उनले अहिलेको गठबन्धन कसैलाई मन्त्री, प्रधानमन्त्री बनाउनका लागि नभएको भन्दै देशले मागेका कारण गठबन्धन गरिएको बताए । पाल्पाको रैनादेवी छहराका विभिन्न स्थानमा भएको घरदैलो कार्यक्रमपछिको कोण सभालाई सम्बोधन गर्दै पाण्डेयले यस्तो बताएका हुन् । उनले काँग्रेस र कम्यूनिष्ट पार्टी मिल्दा नै २०४७ सालमा बहुदल ल्याउन र २०६२/६३ मा गणतन्त्र ल्याउन गठबन्धनको आन्दोलनहरु सफल भएको भन्दै अहिलेको गठबन्धन पनि त्यसैको उपज रहेको बताए । उनले अहिलेको गठबन्धन भनेको संविधान सभाबाट निर्माण गरिएको लोकतान्त्रिक संविधानको रक्षा र कार्यान्वयनको लागि गरिएकाले गठबन्धनलाई ढुक्क भएर मत दिन आग्रह गरे ।
तिनाउँको कचल, ओखलढुंगा, ठूलीउदाङ लगायतको क्षेत्रको विकासको लागि आफू प्रदेश सांसद हुँदा धेरै बजेट विनियोजन गरेको र त्यसको सम्पन्न र थप विकासको लागि पुनः उम्मेद्वारी दिएकाले सबैले मत दिन आग्रह गरे । उनले यस क्षेत्रको विकासमा गठबन्धन सरकारले महत्वपूर्ण भूमिका खेल्ने गठबन्धनका प्रदेश सभा (२) २ का उम्मेद्वार तुलाराम घर्ती मगरले जनाए । उनले अब स्थानीय सरकार गठबन्धनबाट सफल भएको भन्दै प्रदेश, संघीय सरकार समेत बनाएर देशमा नीति अनुसारको नेतृत्व विकासमा गठबन्धनको जीत अपरिहार्य रहेको बताए ।
प्रतिक्रिया