ताजा अपडेट »

नवलपरासीबाट लिंगदेन भन्छन् : हामीलाई भोट दिएर पछुताउनु पर्दैन

शनिबार, १९ कार्तिक २०७९

परासी । राष्ट्रिय प्रजातन्त्र पार्टी पश्चिम नवलपरासीको चुनावी आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा जनताले असफल पार्टीहरूलाई भोट हालेर मातृभूमि बिगार्ने र आर्थिक रूपमा असफल बनाउने छुट नभएको बताएका हुन्।

नेपालले परिवर्तन खोजिरहेको छ । अहिलेसम्म नेपाल बनाउँछु भन्ने राजनैतिक दल पूर्णरुपमा असफल भएको हुँदा अव पनि भोट हालेर मातृभूमि बिगार्ने काममा जनता पनि सहभागी हुन नहुने बताए । राजनैतिक दलको असफलता कै कारण राप्रपा परिवर्तनको वाहक शक्तिको रूपमा उदाइरहेको छ । तर निर्वाचनमा हाम्रो प्रभावकारी भूमिका भएन भने वैकल्पिक राजनीतिको धार कमजोर हुन पुग्छ ।

देश डुब्छ सदनमा जुन केवल पार्टीको लागि मात्रै होइन देशकै लागि ठूलो क्षति हुनेछ।अध्यक्ष लिङ्देनले भने । नेपाल सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री जनताले चुनेको हुनुपर्ने समेत बताए। पार्टी उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख तथा नवलपरासी २का उम्मेदवार ध्रुव बहादुर प्रधानले आगामी निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउन वैचारिक, सांगठनिक र रणनीतिक हिसाबले लाग्नुपर्ने बताए।

राष्ट्रको हित र नवलपरासीको परिवर्तनको लागि आफू कत्तिपनि पछाडी नपर्ने समेत प्रतिवद्धता व्यक्त गरे।राष्ट्रिय प्रजातन्त्र पार्टी पश्चिम नवलपरासीको चुनावी आमसभा सुनवलमा सम्पन्न भएको हो।