ताजा अपडेट »

पूर्व अर्थमन्त्री पौडेलको योजना : खेलकुदलाई लुम्बिनी र पर्यटनसँग जोडेर आर्थिक समृद्धि

शनिबार, १९ कार्तिक २०७९

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले लुम्बिनीसँग जोडेर खेलकूद  बिकासलाई अघि बढाउने नयाँ योजना प्रस्तुत गरेका छन् । विश्व शान्तिको सन्देशसहित खेलकूदलाई लुम्बिनीसँग जोडेर अघि बढाउँदै खेलकै माध्यमबाट पर्यटन व्रवर्द्धनसहित आर्थिक समृद्धि हासिल गर्न सकिने योजना प्रस्तुत गरे । नेपालमा खेलकूको क्षेत्रमा अभूतपूर्व सम्भावना रहेको बताउँदै पैडेलले खेलकूद र खेलाडीको आर्थिक समृद्धिमा टेवा पुग्नेगरी पूर्वाधार निर्माण तथा नीति निर्माणमा आफ्नो जोड रहने बताए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा शनिबार बुटवल आयोजित खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूको वृहत भेलामा बोल्दै रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले खेल क्षेत्रमा सम्पूर्ण समस्या समाधान गर्न आफू तयार रहेको दावी गरे । ‘उर्जाशील जीवन बिताएका खेलाडीको सम्मानितपूर्वक बाच्नको लागि हामीले निर्वाभत्ता, निःशुल्क जीवन बीमा, दुर्घटना बीमासँगै खेल पूर्वाधारको लागि काम गर्नेछौं ।’ पूर्व खेलकूद मन्त्री समेत रहेका पौडेलले भने । उपाध्यक्ष पौडेलले थपे, खेल क्षेत्रको उन्नति र खेलाडीले स्वाभिमानको पक्षमा काम गर्नेछौं । खेल जीवनपछि सहज जिविका निर्वाहको उपचारको प्रबन्ध गर्नेछौं ।’

हाई अल्टीच्यूट स्पोर्ट्समा जान पनि सकिने सम्भावना रहेको उनको भनाइ छ । राज्यका खेल सम्बद्ध संगठनले गर्न नसकेको काम मदन भण्डारी स्पोट्स एकेडेमीले गरेको समेत पौडेलले बताए ।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही २ (१) का उम्मेदवार लिला गिरीले आफू प्रदेशको मन्त्री हुँदा खेल पूर्वाधारमा ठूलो बजेट विनियोजन गरेको बताए । आफूले अझै खेल र खेलाडीले देख्न सने गरी प्रदेशमा काम गरेर खेलाडीमार्फत देशलाई विश्वमा देशलाई चिनाउन आफू पछि नपर्ने बताए । त्यस्तै एमाले प्रदेश उपाध्यक्ष तथा रुपन्देही २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले स्वास्थ्य र खेलको क्षेत्रमा आफूले काम गर्ने बताए । राप्रपा प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार प्रदीप उदयले खेलाडीको सम्मानित जीवनको लागि नेताहरुले सोच्नुपर्ने बताए ।

कार्यक्रममा एकेडेमीका अध्यक्ष धुर्व आचार्यले खेल र खेलाडीको जीवन सुरक्षित गर्न नेताहरुलाई आग्रह गरे । एकेडेमीका सचिव डा। शक्ति बस्नेतले खेला र स्वास्थ्य दुवै क्षेत्रमा राजनीतिक दलहरुले काम गर्न आवश्यक रहेको बताए ।