ताजा अपडेट »

नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

शनिबार, १९ कार्तिक २०७९

मस्को । रुसको पश्चिमी सहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य चार जना घाइते भएको क्षेत्रीय आपत्कालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

स्थानीय आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ । उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो ।

आगो तीन हजार पाँच सय वर्ग मिटर क्षेत्रमा फैलिएको थियो । घटनाबारे अनुसन्धान जारी छ भने विस्तृत विवरण आउन बाँकी छ । रासस/सिन्ह्वा