ताजा अपडेट »

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल बंगलादेशसँग भिड्दै

शनिबार, १९ कार्तिक २०७९

काठमाडौ । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

पहिलो खेलमा भुटानविरुद्ध ७–० गोलको फराकिलो जित दर्ता गरेको नेपालले आज बंगलादेशसँग खेल्न लागेको हो ।खेल दिउँसो सवा ४ बजे सुरुहुने छ । बंगलादेशले पनि पहिलो खेलमा भुटानविरुद्ध ८–० को फराकिलो जित निकालेको थियो ।

नेपाल र बंगलादेश उस्तै टोली भएकाले खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।   जारी प्रतियोगितामा ३ टोलीको मात्रै सहभागिता रहेको छ ।डबल राउण्ड रोविन लिगका आधारमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ ।

बंगलादेश र नेपालको समान ३ अंक रहेको छ ।बंगलादेश शीर्ष स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा छ । भुटानले कुनै पनि अंक जोडेको छैन ।