ताजा अपडेट »

गृह जिल्ला पुगेर देउवाले भने- गठबन्धनलाई १०-१५ वर्ष लैजाने इच्छा छ

विहीबार, १७ कार्तिक २०७९

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने आफ्नो इच्छा रहेको बताएका छन् । बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान जोखिममा परेको भन्दै संविधानको रक्षा गर्न गठबन्धन गर्नु परेको बताएका हुन्।

आफ्नो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री बनेको देउवाले बताए । प्रधानमन्त्री भएको बेला ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरेको देउवाले आरोप लगाए ।-न्युज कारखाना