ताजा अपडेट »

भ्रमण वर्षका अवसर र चुनौतीहरु

विहीबार, ०३ पुस २०७६

प्रसिद्ध नेपाली साहित्यकार कवि भुपी शेरचनले ‘मेरो देश’ कविताको सुरुको अंशमा भनेका छन ‘जहाँ हिउँ परेको रातमा जुन धर्तीलाई भेट्न हिमकणहरुको साथमा मुस्कुराउँदै ओरालो झर्छ र धर्तीलाई सर्वाङ्ग हाँसेको पाएर झन् बढी मुस्कुराएर आकाशमा फर्कने गर्छ । जहाँ आरुबखडाका हाँगा–हाँगामा फुल्दछन कुखुराका चल्लाहरु, जहाँ मृग मरिचिका पछि लाग्नेहरुको यादमा रुन्छन धूपि र सल्लाहरु ।’ विश्व मानचित्रमा झण्डै १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको र एसियामा र सार्कमा झण्डै ०.०३ र २.७५ हिस्सा ओगटेको विस्वकै दुई शक्तिशाली मुलुक चीन र भारतको बिचमा सुन्दर र अदभूत हिमालय देश जहाँ झण्डै २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जनसंख्याको बसोबास रहेको छ त्यो देश हो नेपाल ।

जहाँ १२९ भाषा (भाषा आयोग अनुसार) र १२५ जाती भएको हिमाल,पहाड तराइको अनुपम संयोजन छ जुन देशलाई मन्दिरै मन्दिरको देश, माउन्ट एभरेष्टको देश, विश्व शान्तिका अग्रदुत गौतम बुद्धको देश भनिन्छ जहाँ रामायणको सीताको जन्म भयो त्यो देशको भ्रमण गर्ने जोकोहि किन मोहित नहोलान् र? नेपालको प्रकृति, संस्कृति, चालचलन, रितिरिवाज, परम्परा देखेर जो कोहि लठ्ठ पर्छन । हो त्यही सुन्दर देश पर्यटकलाई स्वागत गर्न आतुर छ र सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने भनिएको छ । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीबाट मन्त्रीमा नियुक्त भएपछि सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने योजना रहेको बताए । सोही अनुसार विश्व २०७४ साउन २९ गते यसको घोषणा गरियो र अर्थमन्त्री युवराज खतिवडा मार्फत २०७५÷०७६ को बजेटबाट पनि भ्रमण वर्षलाई प्राथमिकतामा राखियो ।

त्यसपछि पर्यटनमन्त्री अधिकरीको व्यस्तता झन् बढ्यो, उनी र उनको मन्त्रालय तथा नेपाल पर्यटन बोर्डले तिब्र रुपमा योजना बनाउन थाल्यो र योजना अनुसार बन्द रहेका विमानस्थल संचालनमा ल्याउने, गौतम बुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गर्न र काम छिटो सक्न मन्त्री आफै रेखदेखमा लागे । तर, दुर्भाग्यवश २०७५ फागुन १५ गते उनी लगाएत अन्य सातजनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भए पश्चात माहोल चिसियो । त्यसकोे झन्डै ५ महिना पछि २०७६ साउन १५ गते योगेश भट्टराईको पर्यटनमन्त्रीमा नियुक्त हुन साथ उनले भ्रमण बर्ष सफल गराएरै छाडने अठोट गरे र उनको व्यस्तता हेर्दा उनी गम्भीर छन भन्ने देखिन्छ ।

भ्रमण वर्षको इतिहास

सरकारले मनाउन लागेको यो तेस्रो भ्रमण बर्ष हो । यसअघि सन् १९९८ मा पाँच लाख पर्यटक भित्राउने लक्ष्यसहित ‘भिजिट नेपाल ९८’ मनाउने निर्णय तत्कालीन राजतन्त्र हुँदा २०५२ चैत्र ३० गते गरिएको थियो । तर, लक्ष्य भन्दा कम ४ लाख ६३ हजार मात्र पर्यटक भित्राउन सफल भएको थियो । सन् २०११ लाई पनि भ्रमण वर्षको रुपमा मनाउने निर्णय २०६५ असोज ७ गते मन्त्रीपरिषदबाट गरियो । जसको नारा ‘पर्यटनको लागि सँगसँगै’ भन्ने थियो र लक्ष्य १० लाख भएतापनि राजनीतिक अस्थिरता, बन्द हड्तालले गर्दा लक्ष्य भन्दा कम जम्मा ७ लाख ३० हजार ६ सय १५ पर्यटक भित्राउन सफल भयो । नेपालमा ६७ बर्षअघि पर्यटक घुम्न आउन थालेका हुन् ।

के छ त सरकारको तयारी ?

भिजिट नेपाल–२०२० भव्य रुपले आयोजना गर्न लागेको सरकारले उद्घाटन कार्यक्रम जनवरि ७ तारेखमा दशरथ रंगशाला काठमाडौंमा ५० आँै हजार मानिसलाई उतारर्ने घोषणा गरेको छ । यस उद्घाटन कार्यक्रम भव्य रुपले गर्न थालेको सरकारले ४० भन्दा माथिका देशका पर्यटनमन्त्री, परराष्ट्र मन्त्री, सम्बन्धित देशको राजदूत लगायत बिशेष पाहुँना कलाकार(सेलिब्रेटि)हरुलाई आमन्त्रण गर्ने योजना छ । भ्रमण बर्ष भव्य र एतिहासिक रुपमा मनाउन सातै प्रदेशमा पनि भ्रमण वर्षको शुभारम्भमा भव्य कार्यक्रम आयोजना गर्ने सांस्कृतिक पर्यटन तथा नागरिक उडयान मन्त्रालयले जनाएको छ । संस्कृतिक पर्यटन तथा नागरिक उडयान मन्त्री योगेश भट्टराई पनि यस भ्रमण वर्ष सफल गराउन व्यस्त र चिन्तित देखिन्छन । यो सकारात्मक संकेत मान्नुपर्छ । सरकारले ‘नेपाल भ्रमण बर्ष २०२०’लाई सफल गराउन सबैलाइ आह्वान गर्दै आएको छ।

नेपाल भ्रमण वर्ष सफल गराउन सरकारी तथा राष्ट्रिय तथा अन्तर्रािष्ट्रय गैरसरकारी संस्था विभिन्न देशमा रहेको नेपाली राजदूतावास र राजदुतहरु, अन्तर्रा्ष्ट्रिय नियोगहरु र निजि क्षेत्रले सक्रियता बढाएका छन् । नेपाल भ्रमण सफल गराउन होटेलहरुद्वरा भ्रमण बर्ष अबधिभर ३०५ सहुलियत दिने घोषणा गरेको छ।बाह्य र आन्तरिक पर्यटकहरुलाइ होमसटेहरुमा खाना र आवासमा २०५ छुटको घोषणा गरेको छन । नेपाल एयरलाइन्सले आफ्नो अन्तराष्ट्रिय उडान बिस्तार गरेको छ । जस्मा भदौ १२ देखि जापानको ओसाका स्थित कन्साइ अन्तर्रािष्ट्रय विमानस्थलमा सिधा उडान गरेको छ भने पुसको दोस्रो सातादेखि जापानको नारिता अन्तराष्ट्रिय बिमानस्थलमा सिधा उडानको तयारी गरेको छ । यस्तै निगमले मंसिर अन्तिमबाट चिनको ग्वाङजाओ उडान गर्ने भनिएको छ ।

त्यसैगरी नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ स्थित डाक्सिङ विमानस्थलमा व्यबसायिक उडान गर्न थालेको छ । जसबाट चिनियाँ पर्यटकको आगमन बढने विश्वास गरिएको छ । हिमालयले साउनदेखि बाङ्लादेशको राजधानी ढाकामा पनि उडान गरिरहेको देखिन्छ । सरकारले बन्द रहेको आन्तरिक विमानस्थल पनि संचालन गर्न थालेको छ । जसको उदाहरणको रुपमा रामेछाप विमानस्थल हो, त्यसैगरी जुम्लाको जुम्ला विमानस्थल, रुकुम पश्चिमको चौरजहारी विमानस्थल र बाग्लुङको बलेवा विमानस्थल पनि संचालनमा आएको छ । ओमनको बायुसेवा प्रदायक कम्पनि सलाम एयरले हप्तामा ३ उडान गर्दै आएको दैनिक १ उडान गरेको छ । कुवेतको जजिरा एयरबेज र भारतको भिस्तारा एयरले पनि नेपाल उडान गर्दैछन ।

कस्तो छ त पर्यटक वृद्धिदर ?

पर्यटक वृद्धिदरको आधारमा हेर्नु पर्दा नेपालमा पर्यटक वृद्धिदर उत्साहजनक रुपले बढेको देखिन्छ । प्यासिफिक एसिया ट्राभल एसोसिएनले हालै सार्वजनिक गरेको अन्तराष्ट्रिय पर्यटक आगमन सम्बन्धि तथ्यांक अनुसार सन् २०१८ मा पर्यटन आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । त्यस तथ्यांक अनुसार सन २०१८ मा नेपालको पर्यटन आगमन वृद्धिदर २४ दशमलब ८५ पुगेको छ । नेपालले सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकको स्वागत गरेको थियो । सन २०१७ मा नेपाल भित्रिने पर्यटकको संख्या ९ लाख ४० हजार थियो भने सन २०१६ मा ७ लाख ५३ हजारले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांकले देखाउँन्छ । सन् २०१६ र सन् २०१७ को तुलनात्मक पर्यटक संख्याको वृद्धिदर पनि करिब २५५ नै थियो । सन् २०१७ मा भारतबाट सबै भन्दा बढी २ लाख पर्यटक आएका थिए भने चीनबाट आउने पर्यटकको संख्या १ लाख ५३ हजार छ । भारत र चीन पछि अमेरिका, श्रीलंका र बेलायतबाट नेपाल घुम्न आउने पर्यटक बढी छन ।

नेपाल भ्रमण बर्षको पूर्वसन्ध्यामा मङसिर १५–२४ ( डिसेम्बर १ देखि १० ) सम्म मिनि ओलम्पिक भनिएको १३ औं दक्षिण एसियायी खेलकुद सागको नेपालले हालै भव्य रुपले आयोजना, उद्घाटन र समापन गर्ने अबसर पायो । जुन खेल नेपालको पर्यटकीय नगरी काठमाडौं, पोखरा र जनकपुरमा भयो । यसबाट खेल खेल्न र खेलाउन आएका पदाधिकारीबाट र विभिन्न अन्तराष्ट्रिय मिडियाबाट नेपालबारे प्रचारप्रसार हुन्छ । सार्क मुलुकको ७ देशका २ हजार ४ सय खेलाडी नेपालमा आएका थिए । उनीहरुले आफ्नो देशमा गएर पनि अरुलाइ नेपालको सुन्दरताबारे भन्ने हुन्छ भने सम्बन्धित देशको संचारमाध्यमले आफ्ना खेलाडीको खेल प्रगती र यँहाको सुन्दरताबारे भन्ने हुनाले भ्रमण बर्षको लागि यो प्रतियोगिता कोशेढुङ्गा साबित हुन सक्छ । हालै भारतको विश्वप्रसिद्ध क्रिकेट खेलाडी सचिन तेन्दुलकर नेपाल आउनु र उनले फेसबुक पेज मार्फत नेपालको काठमाडौंलाई सुन्दर सहर भन्दै फोटो राखेका थिए । जसमा झण्डै डेढ लाख रियाकट र लाखौ भारतिय र अन्तराष्ट्रिय खेलप्रेमीमा नेपालको काठमाडौं बारे थाहा पनि पाए । यो राम्रो सन्देश हो । त्यसैगरी सरकारले चिनियाँ हलिउड अभिनेत्री सु–छिङलाई नेपाल भ्रमण बर्षको सद्भावना दुत नियुक्ति गरेको छ । जसबाट चिनियाँ पर्यटक वृद्धि गराउन उनको योग्दान हुनेछ ।

भ्रमण वर्षको पूूर्वसन्ध्यामा चीनका रास्ट्रपति सि चीन फिङको सरकारले गत असोज अन्तिम साता भव्य भ्रमण सफलतापूर्वक गराउन सक्नु र उहाँको नेपाल भ्रमणबारे अन्तराष्ट्रिय समाचार बिबिसि, न्यूूयोर्क टाइम्स, अल्जिरा लगायत चीनको सरकारी सिनहुवा न्युज, सिसिटिभी लगायतका पेजहरुले बढो चासोका साथ नेपालको प्रचार–प्रसार गर्देका थिए । जुन हजारौंले हेरेका थिए । चीनको रास्ट्रपतिको भ्रमणले नेपालमा चिनियाँ लगायत अन्य देशको पर्यटकको वृद्धि हुने निश्चित छ।भ्रमण बर्षको सुरु हुनु भन्दा २ महिना अघि ‘इन्स्टिच्यूूट फर इकोनोमिक्स एन्ड पिस(आइइपि)’ले १ सय ६३ देशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा नेपाल १२ स्थान सुधार गर्दै ७६ औ स्थानमा छ । यस रेकर्डले नेपाल भ्रमण गर्न सुरक्षित र भरपर्दो छ है भन्ने सन्देश जान्छ । आइइपिको यो १३ औ ग्लोबल पिस इनडेक्स रिपोर्ट हो जस्ले सम्बन्धित देशमा जारी घरेलु र अन्तराष्ट्रिय लडाइँ, सामाजिक सुरक्षाको अबस्था, आतंकवाद सैनिकिकरण लगायत विभिन्न २३ वटा आधारमा मुल्यांकन गरि सुचित गरेको हो । त्यसैगरी हालै विश्व कला परिषद्ले नेपालको ललितपुरलाई ३५ औ कला नगरी भनी घोषित गरेको छ ।

अबका चुनौतीहरु

भ्रमण वर्ष २०२० घोषणा गरियतापनी चूूनौतीहरु पनि धेरै देखिन्छन ्। नेपालमा वर्षेनी बढ्दै गएको सवारी दुर्घटनामा कमी हुन नसक्नु, काठमाडौं, लुम्बिनी, नगरकोट लगाएत अन्य पर्यटकीय स्थलमा जाने सडक कालोपत्रे नहुनु, धुलोधुवाँ हुनु, डेंगु नियन्त्रण हुन नसक्नु, पर्यटकलाई सुरक्षाको प्रत्याभूति गराउन नसक्नु, ट्रेकिङमा गएका पर्यटकहरु विभिन्न ठाउँमा फसिहाले भने तत्काल उद्दार गर्न समयमै कर्मचारी नआउनु नहुनु, पर्यटकलाई केही ठाँउमा चोरी, डकैतीको त्रास रहनु, पर्यटकलाई राम्रोसँग नेपालको गर्विलो इतिहास बुझाउन नसक्नु, देशको सबै ठाँउमा पुर्याउन यातायातकै सुगमता नहुनु चुनौतीको रुपमा देखिन्छन् ।

हालै मात्र साग खेल्न आएका श्रीलंकाका १३ जनाभन्दा बढी खेलाडीलाई डेंगु संक्रमण भनेर समाचार आउनु सुखद सन्देश होइन । त्यसैगरी नेपालको पर्यटनको बारे राम्रोसँग प्रचार–प्रसार गर्न नसक्नु पनि सरकारको कमजोरी हो । हालै काठमाण्डौं सबभन्दा प्रदुषित राजधानीमा टप ५ मा परेको पनि छ । त्यसैगरी २०१९ को अक्टुवरसम्मको तथ्यांक हेर्दा पर्यटक आगमन दर सन्तोषजनक भने छैन । सरकारले लिएको लक्ष्य अनुसार २०१८ को तुलनामा २०१९ मा ३१५ ले पर्यटन आगमन बढनुपर्ने हुन्छ । तर अक्टुवर महिनासम्म जम्मा ८५ ले वृद्धि भएको छ । लक्ष्य पूरा हुन २०१९ मा १५ लाख ३६ हजार पर्यटकले नेपाल घुम्नुपर्छ । तर अक्टुवरसम्म ९ लाख ७५ हजार ५ सय ५७ पर्यटक मात्र नेपाल आएका छन । सरकारले लिएको लक्ष्य भन्दा वृद्धिदर करिब ४ गुणाले कम छ । त्यसैले लक्ष्य पूरा हुनेमा शंका र चुनौती पनि थपिएको छ ।

सुधार र तत्काल चालिनुपर्ने कदम:

भ्रमण वर्ष सुरु हुन एक महिना पनि बाँकी नरहेको अबस्थामा सरकार र सम्बन्धित निकायले पर्यटकिय नगरीसम्म पुग्ने बाटो धुलो धुवाँमुक्त बनाउन पहल गर्नुपर्यो । प्रदेश नं.५ सरकारले–२०७६ साललाई लुम्बिनी भ्रमण वर्ष भनेर त मनाउँदैछ तर, लुम्बिनी जाने बाटो देख्दा जो कोहीको मन खिन्न हुन्छ । हाल देशमा ११ वटा ५ तारे होटेल छन् भने पर्यटक संख्या भन्दा बढी आए भनेपनि होटेलको चिन्ता छैन । त्यसैले हामीले सकभर सडक, बिद्युत, पानी, यातायात लगाएत अन्य भौतिक पूर्वाधारमा सुधार गर्नु जरुरी छ ।

हाल सामाजिक सञ्जालले विश्वको अर्बौ मानिसलाई जोडेको छ । विभिन्न अन्तराष्ट्रिय मिडिया र पेजहरुलाई नेपालको बारे कम्तिमा मात्र २ मिनेटको नेपालबारे भिडियो बनाइ पर्यटकको अनुभव पनि राख्दिने । यहाँ जानुस् भनेर प्रचारप्रसार गर्दिन भन्नुपर्यो । पर्यटकले मुगुको रारा ताल, जुम्लाको सिन्जा, डोल्पाको से–फोक्सुन्डोको बारे मिडियाबाट थाहा पाए बल्ल पर्यटक बढ्ने हुन् । अझैै पनि समय गएको छैन हामिले पहिलो एट्रयाक्सन दोस्रो एडभरटाइजलाई जोड दिनपर्यो । तेस्रोमा एक्सेस जस्मा विमानस्थल लगायतको सुबिधा देशको एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा घन्टौ हवाईजहाज होल्ड गर्नुपर्ने समस्या छ सो विमानस्थलको विकल्पमा कुनै वैकल्पिक विमानस्थल तयारी अबस्थामा छैन । गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणधिन छ जुन सकेसम्म छिटो सञ्चालन गर्न निर्देशन गर्नुपर्यो जसबाट देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा पर्ने चाप कम होस् ।

र अन्तयमा कुल ग्रहस्थ उत्पादनमा ३५ योगदान पुराउने पर्यटन क्षेत्रलाई नजरअन्दाज गर्न सकिँदैन । त्यसैले संख्यात्मक रुपले पर्यटक वृद्धि भन्दा पनी गतिलो आय भएका पर्यटक भित्राउन नेपालले सक्नु पर्दछ । पर्यटकहरुले बढीमा ११ दिन मात्र बिताएको पाइने गरिएको छ जस्मा पनि बढी खर्च गर्न खोज्ने चिनियाँ पर्यटक पाइन्छ । त्यसैले चिनियाँ लगायत अमेरिकन र युरोपियन देशका पर्यटक बढी भित्राउन सके मुलुकलाई फाइदा देखिन्छ । त्यसैगरी झण्डै १ अर्ब ३३ करोड जनसंख्या भएको छिमेकी रास्ट्र भारतमा ८२ करोड हिन्दु जनसंख्या र अर्को झन्डै १ अर्ब ४३ करोड जनसंख्या त्यसमा पनि २४ करोड ४१ लाख बुद्ध धर्म मान्ने मानिस अत्याधिक हुँदा पनि नेपालमा त्यसको सानो हिस्सा आउन र ल्याउन नसक्नु हाम्रो नै प्रचारप्रसारको कमजोरी हो कि भन्ने देखिन्छ ।

छिमेकी मुलुक चीन विश्वभर धेरै पर्यटक पठाउने मुलुकमा पर्छ नेपाल पर्यटन बोर्डको तथ्यांकको अनुसार सन् २०१८ मा १४९ मिलियन चिनियाँ पर्यटन विश्व भ्रमणमा निस्किएका छन । चीनबाट मात्रै भ्रमणमा निस्किने पर्यटक वार्षिक १५५ ले बढेको छ । यसको सानो हिस्सा पनि नेपाल घुमाउन सके २० लाख पर्यटक भित्राउनु हाम्रो लागि ठुलो कुरा होइन । त्यसैले अझै पनि प्रचारप्रसारमै जोड दिए र आएका पर्यटकलाई कोसेली दिएर फर्काउन सके सरकारको २० लाख पर्यटक भित्राउन ठूूलै चिन्ता लिनुपर्ने अबस्था छैन । तर प्रचारप्रसारसँगै वैकल्पिक विमानस्थल सहित अन्य पूर्र्वधार निर्माण गरि बिशेष योजना नबनाए लक्ष्य पूरा गर्न चूूनौती पनि देखिन्छ । अब अतिथि देवो भव ः भन्ने हाम्रो मूूल मन्त्रका साथ हामी पर्यटकलाई स्वागत गर्न आतुर छौ है ! –(लेखक नेपाल ल क्याम्पसमा बिएएलएलबिमा अध्ययनरत विद्यार्थी हुन् )