ताजा अपडेट »

यस्ता छन् गुल्मी–१ का एमाले उम्मेद्वार प्रदिप ज्ञवालीका प्रतिबद्धताहरु (पूर्णपाठ)

बुधबार, १६ कार्तिक २०७९
1 Shares

गुल्मी । नेकपा एमालेका उपमहासचिव तथा सो पार्टीका गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले भौतिक पुर्वधार बिकासका अधुरा कामहरु अबको दुई बर्ष भित्रमा सम्पन्न गरी सक्ने प्रतिबद्धत्ता जनाएका छन् ।

बुधबार नेकपा एमाले गुल्मी क्षेत्र नम्वर १ का उमेदवारहरुद्धारा सदरमुकाम तम्घासमा प्रतिबत्ता पत्र सार्वाजानिक गर्दै नेता ज्ञवालीले जिल्लाका मोटरबाटा , खानेपानी , बिधुत शिक्षा , स्वाथ्य क्षेत्रका भौतिक पुर्वधार विकासका आधारभुत काम सकिएको र अब त्यसको स्तारोन्नती लगायतका अपुरा कामहरुलाई आगमी दुई बर्ष भित्रमा पुरा गर्ने र केहि ठुला योजनाहरु पाँच बर्ष भित्रमा सम्पन्न गर्ने प्रतिबद्धत्ता जनाएका हुन् ।

पत्रकार सम्मेलनमा पुर्वनिर्धारित कार्यक्रममा सहभागि हुनु पर्ने भएकोले त्यस क्षेत्र प्रदेश १ एमाले उमेदवार चिन्तामणि पाण्डे सहभागि हुन सकेनन । प्रदेश २ का फर्शुरा पाण्डे, सो पार्टीका केन्द्रिय सदस्य तथा समानुपातिक उमेदवार जंग नेपाली , जिल्ला पार्टी अध्यक्ष तथा अर्का समानुपातिक उमेदावर बालसिंह काउछा , सचिव गणेश श्रीपाली, सो पार्र्टीका उपत्यका बिशेष कमिटी सचिवालय सदस्य राजेन्द्र अर्यालय लगायतको आतिथ्यता थियो ।

यस्तो छ प्रतिवद्धताको पूर्णपाठ

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,

यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट समृद्ध गुल्मी निर्माणको सङ्कल्पका साथ यहाँहरूसामु उपस्थित भएका छौँ । यस निर्वाचनमा हामीले गुल्मी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा पार्टीका केन्द्रीय उपमहासचिव, पूर्व परराष्ट्र मन्त्री, नेपालको शान्ति प्रक्रियाका महत्वपूर्ण अगुवा एवं विचार, विकास र निष्ठाको राजनीतिका पर्याय कमरेड प्रदीपकुमार ज्ञवालीलाई प्रस्तुत गरेका छौँ ।

त्यसै गरी प्रदेशसभा १–१ तर्फ चिन्तामणि पाण्डे र १–२ तर्फ कमरेड फर्सुराम पाण्डेलाई अगाडि सारेका छौँ। अस्लेवामा जन्मनुभएका कमरेड चिन्तामणि पाण्डे वामपन्थी आन्दोलन, समाजसेवा र व्यवसायका क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ । उहाँले सशस्त्र द्वन्द्वका क्रममा असह्य पीडासमेत भोग्नुभएको छ । त्यसै गरी छत्रकोट –४ दिगाममा जन्मनुभएका कमरेड फर्सुराम पाण्डे कम्युनिष्ट आन्दोलनका अविचलित योद्धा, सिर्जनशील उद्यमी र युवाहरुमाझ प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ । उहाँले प्रवासी नेपाली माझ जागरण र सङ्गठन विस्तारमा पनि महत्वपूर्ण योगदान गर्नुभएको छ ।

आम निर्वाचन २०७४ मा नेकपा (एमाले) र पार्टी नेतृत्वको वाम गठबन्धनलाई यहाँहरूले अमूल्य मत दिनुभएको थियो । यहाँहरूकै विश्वासको बलमा नेकपा (एमाले) ले करिब साढे तीन वर्ष सरकार सञ्चालन ग¥यो । यस अवधिमा पार्टी र सरकारले खेलेको भूमिकाप्रति यहाँहरू स्पष्ट नै हुनुहुन्छ । यही पार्टी हो, जसले संविधानको पूर्ण कार्यान्वयन ग¥यो, तीनै तहका सरकारलार्ई चलायमान बनाउँदै सङ्घीयता सुदृढ ग¥यो । सिके राउत समूहले सञ्चालन गरेको पृथकतावादी र विप्लव समूहले चलाइरहेको हिंसात्मक क्रियाकलापलाई अन्त्य गर्दै मुलुकलाई द्वन्द्वमुक्त पा¥यो । नेपाललाई अल्पविकसित अवस्थाबाट विकासशील राष्ट्रमा स्तरोन्नति ग¥यो । कोभिड महामारी अगाडिसम्म नेपाल तीब्र आर्थिक बृद्धि गरिरहेका दस मुलुकमध्ये थियो । यस अवधिमा ९ लाखभन्दा बढी नागरिक निरपेक्ष गरिवीबाट माथि उठ्न सके । नेपालले लगानी र व्यवसायिक वातावरण मापन गर्ने सूचकाङ्क लगायत शान्ति, खुसियाली, भोकमरी विरुद्ध लैंगिक समानता, सुशासन, मानव विकास लगायत सूचकाङ्कमा उल्लेख्य प्रगति हासिल गर्न सफल भयो ।

एमालेकै नेतृत्वमा नेपालको राष्ट्रियता सुदृढ भयो भने नेपालको स्वाभिमान माथि उठ्यो । बाह्य सम्बन्धमा महत्वपूर्ण उपलब्धि हासिल भए । नेपालले चीनका चारवटा समुद्री बन्दरगाहको उपयोग गर्न पाउने सुनिश्चित भएसँगै पारवहनमा एकपक्षीय निर्भरता र नाकाबन्दीको जोखिम सदाका लागि अन्त्य भयो । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत मिलाएर नेपालले आफ्नो नयाँ नक्सा प्रकाशन ग¥यो । अर्थात्, नेकपा (एमाले) ले देशकै नक्सा बदल्यो ।

यस अवधिमा भौतिक विकासमा ठूलो फड्को मा¥यो । प्रतिदिन सरदर ५ कि.मि. बाटो कालोपत्रे गर्दै यस अवधिमा हजारौँ किलोमिटर बाटो पक्की गर्ने, ग्राभेल गर्ने र नयाँ खन्ने काम भयो । यसै अवधिमा नेपाल सुरुङ मार्गको चरणमा प्रवेश ग¥यो । भूकम्पपछिको पुनर्निर्माणमा अकल्पनीय फड्को मार्दै ८ लाख नागरिकलाई सुरक्षित आवासमा फर्काउने काम भएको छ । धरहरा, रानीपोखरी, दरबार हाइस्कूल, सिंहदरबारलगायत सम्पदा पुनर्निर्माण भएका छन् । तराई मधेस समृद्धिको गेम चेन्जरको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सनको काम शुभारम्भ भएको छ भने राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको पानी काठमाडाँैंमा खसाउने काम भएको छ ।

राष्ट्रिय स्तरमा भएका यी कामहरूका साथै यहाँहरूको विश्वासलाई शिरमा राखेर काम गर्ने क्रममा विगत पाँच वर्षमा हामीले गुल्मीकोे सामाजिक–आर्थिक रूपान्तरणमा ठूलो फड्को मार्ने गरी काम गरेका छौंँ ।

जस्तो: रेसुङ्गा नगरपालिकामा– सडक तथा पुल रु.५२ करोड ६० लाख, खानेपानी रु.४४ करोड १५ लाख र पर्यटन पूर्वाधार विकास रु.१२ करोड ५० लाख, गुल्मी दरबार गाउँपालिकामा– सडक तथा पुल रु.५८ करोड ८० लाख, खानेपानी रु.२२ करोड ५ लाख र पर्यटन पूर्वाधार विकास रु.१ करोड ५५ लाख, छत्रकोट गाउपालिकामा– सडक तथा पुल रु.२६ करोड, खानेपानी रु.३७ करोड १० लाख र पर्यटन तथा पूर्वाधार विकास रु.२ करोड ५० लाख, रुरुक्षेत्र गाउपालिकामा–सडक तथा पुल रु.४१ करोड, खानेपानी रु.२३ करोड ५५ लाख र पर्यटन पूर्वाधार विकासको लागि रु.६० करोड ६१ लाख, सत्यवती गाउपालिकामा– सडक तथा पुल रु.८३ करोड ५० लाख, खानेपानी रु.१५ करोड ५० लाख, र पर्यटन पूर्वाधार विकास रु.४ करोड ३९ लाख, कालिगण्डकी गाउपालिकामा– सडक तथा पुल रु.३५ करोड ५० लाख, खानेपानी रु.१० करोड १५ लाख र पर्यटन पूर्वाधार विकास रु.१ करोड ५० लाख र चन्द्रकोट गाउपालिकामा– सडक तथा पुल रु. ४६ करोड २६ लाख, खानेपानी रु.१२ करोड ६० लाख र पर्यटन पूर्वाधार विकास रु.५५ लाख गरी जम्मा रु.५ अरब ९३ करोड ९६ लाखका योजना सम्पन्न भएका छन् । मुख्य सडक (राजमार्ग) हरुको बजेट यहां समावेश गरिएको छैन।

यस्तो छ प्रतिवद्धताको पूर्णपाठ

– कुनै राष्ट्रिय राजमार्गसँग नजोडिएको गुल्मी आज कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग र रिडी–खज्र्याङ– अर्घाखाँची–दाङ–सुर्खेत गरी तीनवटा राजमार्गसँग आबद्ध भएको छ । यी राजमार्गका गुल्मी खण्डमा मात्रै हामीले लगभग ११ अर्ब बजेट खर्च गरेका छौँ ।

– सिमिचौरमा निर्माणाधीन रेसुङ्गा विमानस्थल सम्पन्न भएर उडानको पर्खाइमा छ । यसका लागि यस बीचमा २० करोडभन्दा बढी लगानी गरिएको छ ।

– दौँघा, हुँगा, बलेटक्सार, पल्लिकोट, सिमिचौर, विरबास, खैरेनी, ग्वाघा, हरेवा जस्ता खानेपानीका विकराल समस्या भएका वस्तीहरूमा करोडौँको लागतमा ठूला खानेपानी आयोजना सम्पन्न भएका छन् । मझेम, जुनियाँ, खज्र्याङ जस्ता ठूला खानेपानी आयोजना सम्पन्न हुने क्रममा छन् । एक घर, एक धाराको नारा साकार हुँदै गएको छ । खानेपानी आयोजनामा १ अरब ६३ करोडभन्दा बढी लगानी गरिएको छ ।

– अलपत्र अवस्थामा रहेको रुद्रवेणी– वामी सडक कालोपत्रे भइरहेको छ भने खज्र्याङ– घुम्ती–गँैंडाकोट–जुभुङ– मजुवा– शान्तिपुर रणनीतिक सडक रु.४० करोडको लागतमा निर्माण भइरहेको छ ।

– रुद्रवेणी–अस्लेवा–लुम्पेक– जयखानी सडक, पूर्तिघाट–फोक्सिङ– शान्तिपुर सडक, भेडुवा– हुँगा सडक र श्रृङ्गा– दिगाम–धरमपानी– खज्र्याङ सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । पाल्पा डुम्रे– सातमुरे– दिगाम– लुम्छा सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

–सयौँ किलोमिटर कच्ची सडक निर्माण भएको छ ।

– तमघासमा रु.५२ करोडको लगानीमा ५० शैयाको अस्पताल निर्माणाधीन छ भने गुल्मी दरबार, छत्रकोट, रुरु, सत्यवती, कालीगण्डकी र चन्द्रकोटमा रु.१८/१८ करोडको लागतमा १५ शैयाका अस्पताल निर्माण भइरहेका छन् । कोरोना महामारीका बीचमा करोडौँको लागतमा पिसिआर ल्याब, अक्सिजन प्लान्ट र आइसियु कक्ष निर्माण भएका छन् । महामारीका बेला हाम्रा जनप्रतिनिधिहरूले अग्रपङ्क्तिमा रहेर जनसेवा गर्नुभएको छ ।

– जिल्लाका दर्जनौँ विद्यालय पुनर्निर्माण भएका छन् । विभिन्न विद्यालयमा बालीविज्ञान,सिभिल इन्जिनियरिङ, कम्युटर शिक्षा, कृषि जस्ता प्राविधिक विषय सुरु गरिएका छन् । विभिन्न विद्यालयलाई विद्यालय बस, आइटी ल्याब र ई–लाइब्रेरी उपलब्ध गराइएको छ ।

– खरका छाना मुक्त अभियान अन्तरगत हजारौँ घरमा टिनका छाना लगाइएको छ ।

– विपन्न नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन स्वास्थ्य विमा लागु गरिएको छ । सामाजिक सुरक्षा भत्ता ४ हजार पु¥याइएको छ ।

– प्राकृतिक विपत्तिमा परी घरबार गुमाएका सत्यवती गापाका नागरिकलाई सुरक्षित घरमा पुनस्र्थापित गरिएको छ । घाइतेहरूको उद्धार र जीवन रक्षा गरिएको छ ।

– रुरुक्षेत्रको विकासका लागि करोडौँको लगानीमा तटबन्ध र सौन्दर्यीकरण सुरु गरिएको छ । विभिन्न नदी किनारमा तटबन्धको व्यवस्था गरिएको छ । रुरु, रेसुङ्गा र सत्यवतीलाई १०० पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरिएको छ । सत्यवती पदमार्गको निर्माण, रेसुङ्गाको पदमार्ग निर्माण र रुरुक्षेत्रको विकासमा उल्लेख्य काम गरिएका छन् ।

– अलपत्र अवस्थामा रहेको रिडीको तीनमुखे पुल सम्पन्न गरिएको छ । अधुरो अवस्थामा रहेका उल्लीखोला पुल, चोरकाटे पुल र सिस्ने पुल सम्पन्न गरिएको छ । पूर्तिघाट लगायत अन्य दर्जनौँ पुल निर्माणलाई तीव्र पारिएको छ ।

– गुल्मी लगायत छिमेकी जिल्लालाई समेटेर कफी सुपरजोन घोषणा गरिएको छ ।

– तम्घासमा कभर्ड हल सम्पन्न गर्नुका साथै विभिन्न पालिकामा कभर्ड हल र खेलमैदान निर्माण गरिएको छ ।

– सबै घरमा विद्युतीकरण गरिएको छ । काठका पोललाई स्टिल पोलले विस्थापन गरिएको छ । उनायचौरमा अरबौँको लगानीमा सबस्टेशन निर्माण गरिँदै छ ।

यस अवधिका यस क्षेत्रमा मात्रै झण्डै १८ अर्बको बजेट विनियोजन भएको छ । यी लगायत कामहरूले जिल्लाको समग्र विकास तथा समृद्ध गुल्मी निर्माणका लागि बलियो जग बसालेका छन् । जिल्लाले विकासका क्षेत्रमा लोभलाग्दो प्रगति हासिल गरेको छ ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,

हामी चालु कार्यक्रमलाई निरन्तरता दिन चाहन्छौँ । निर्माणाधीन काम पूर्ण गर्न चाहन्छौँ । र, नयाँ परियोजना अगाडि बढाउन चाहन्छौँ । यसरी निर्माण गरिएका पूर्वाधारको जगमा हामी युवा स्वरोजगारी, उत्पादनमा वृद्धि र जिल्लालाई समृद्ध र नमूना बनाउने अभियानलाई तीव्रता दिन चाहन्छौँ । यसका लागि फेरि हामीलाई एकपटक यहाँहरूको विश्वास र समर्थनको खाँचो छ ।

हामी प्रतिबद्धता व्यक्त गर्दछौँ–

१. यातायात पूर्वाधारका क्षेत्रमा

– चीन र भारत जोड्ने ट्रान्जिट रुट र महत्वपूर्ण पर्यटकीय राजमार्गका रूपमा कालीगण्डकी करिडोर कालोपत्रे गर्ने काम सम्पन्न गरिने छ । जोर्ते–प्रवास सुरुङ मार्गको अध्ययन सम्पन्न गरी निर्माण सुरु गरिने छ । सिद्धबाबा सुरुङ मार्गलाई पूर्णता दिइने छ ।

– मदन भण्डारी राजमार्गको गुल्मी खण्ड सम्पन्न गरिने छ । रिडी–खज्र्याङ– अर्घाखाँची– दाङ–सुर्खेत सडक अन्तरगत गुल्मीतर्फको समग्र निर्माण कार्य सम्पन्न गरिने छ । तीनवटै राजमार्गको विकासद्वारा गुल्मीको आर्थिक विकासको ढोका खोलिने छ ।

– रुद्रवेणी– वामी सडक आउने जेठ महिनाभित्रै कालोपत्रे सम्पन्न गरिने छ । डहरे खोला, नादेवा खोला, गिँदी खोला तथा भार्से खोला लगायतका पुल निर्माण गरिने छ ।

– निर्माणाधीन खज्र्याङ– घुम्ती–गौंडाकोट–जुभुङ– मजुवा– शान्तिपुर रणनीतिक सडक सम्पन्न गरिने छ ।

– रुद्रवेणी–अस्लेवा–लुम्पेक–जयखानी सडक, पूर्तिघाट–फोक्सिङ–ग्वाधा–शान्तिपुर–इन्द्रेगौँडा सडक, भेडुवा–हुँगा– चोरकाटे, हुँगा–सिस्ने सडक र श्रृङ्गा– दिगाम–धरमपानी–खज्र्याङ सडक तथा पाल्पा डुम्रे–सातमुरे–दिगाम–लुम्छा सडक कालोपत्रे गर्ने काम सम्पन्न गरिने छ ।

–प्रस्तावित सालझण्डी–पटौटी–दुर्गाफाँट–सिमिचौर–तम्घास सडक सम्पन्न गरिने छ ।

–रेसुङ्गा रिङ रोड, बलेटक्सार रिङ रोड लगायत मुख्य बस्तीका रिङ रोड निर्माण सम्पन्न गरिने छ ।

– आगामी एक वर्षभित्र प्रत्येक पालिकाको केन्द्र जोड्ने बाटो कालोपत्रे गरिने छ भने पाँच वर्षभित्र वडा केन्द्रलाई पालिका केन्द्रसम्म जोड्ने सडक सम्पन्न गरिने छ ।

– घुमाउने–तल्लो कोरेङ– छापचौर– बरेङ सडक, खैरेनी–जोहाङ– भार्से– ग्वाघा सडक, रातामाटा–कफी विकास केन्द्र– चौतारा–काउले–बगाउने सडक, साहाघाट–लिम्घा सडक, सत्यवती पहाडी कृषि सडक, बलेटक्सार–चौतारा–भञ्ज्याङ– रिमुवा– रुद्रवेणी तथा चौतारा–ग्वादी– तालखोला सडक लगायत निर्माणाधीन सडकहरू स्तरोन्नति गरिनेछ ।

२. सामाजिक विकासका क्षेत्रमा

–तम्घासमा निर्माण भइरहेको जिल्ला अस्पताल लगायत सबै पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको निर्माण एक वर्षमा सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । सबै वडामा सुविधासम्पन्न स्वास्थ्यचौकी सञ्चालन गरिने छ ।

–सबै जिल्लावासीलाई स्वास्थ्य विमामा आबद्ध गरिने छ । विपन्न वर्गका व्यक्तिलाई निःशुल्क स्वास्थ्य विमाको सुविधा उपलव्ध गराइने छ ।

–नियमित रूपमा स्वास्थ्य शिविरहरूको आयोजना गरिने छ ।

– सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक भवन र कक्षा कोठा निर्माण गरिने छ । सबै विद्यालयमा हाइस्पिड इन्टरनेट सुविधा सहितका आइसिटी ल्याब, ई–लाइब्रेरी र आधुनिक शैक्षिक सामग्री उपलब्ध गराइने छ ।

– विद्यालय बसको व्यवस्था गरिने छ । भौगोलिक रूपमा विकट ठाउँका विद्यार्थीहरूका लागि सामुदायिक विद्यालयमा आवासीय सुविधा उपलव्ध गराइने छ । प्रत्येक पालिकाका कम्तीमा दुई विद्यालयमा प्राविधिक धारको शिक्षा विकास गरिने छ ।

– तुराङ बहुप्राविधिक शिक्षालयमा कृषिका अलावा पशुविज्ञान र इञ्जिनियरिङ पढाइ तत्काल सुरु गरिने छ । यहाँ डिप्लोमाका अतिरिक्त विभिन्न विषयमा छोटो समयका प्राविधिक सिप विकास तालिमको व्यवस्था गरिने छ । पूर्तिघाटमा प्राविधिक शिक्षालय स्थापना गरिने छ ।

– रानीवासमा कृषि क्याम्पस स्थापना गरिने छ ।

–बालविकास, विद्यालय कर्मचारी राहत र प्लस टु दरवन्दीका शिक्षक तथा कर्मचारीको समस्यालाई महत्वकासाथ समाधान गर्ने नीति लिइने छ ।

–सामुदायिक क्याम्पसहरूको व्यवस्थापनमा विशेष ध्यान दिइने छ ।

३. खानेपानी, सिचाई र विद्युतका क्षेत्रमा

–एक घर एक धाराको कार्यक्रमलाई पूर्ण रूपले लागु गरिने छ । विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइने छ । निर्माणाधीन सबै खानेपानी आयोजना सम्पन्न गरिने छ । खानेपानी मुहानको संरक्षण गरिने छ ।

– परम्परागत पोखरीहरूको संरक्षण गरिने छ । कृषकहरूका लागि सतह सिँचाइ, लिफ्ट सिँचाइ, थोपा सिँचाइ र प्लास्टिक पोखरीबाट सिँचाइको प्रबन्ध गरिन ेछ । एक बस्ती, एक पोखरीको व्यवस्था गरिने छ ।

– सबै घरमा पर्याप्त, निरन्तर र भरपर्दो विद्युत् सेवा उपलव्ध गराइन छ । सबै काठका पोलहरूलाई स्टिल पोलले विस्थापन गरिने छ । निर्माणाधीन सबस्टेसनको काम यथाशीघ्र सम्पन्न गरिने छ ।

४. कृषिका क्षेत्रमा

– जिल्लालाई विभिन्न कृषि उत्पादनमा आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरिने छ ।

– किसानहरूलाई कृषि मल, विउ, प्रविधि र औजार उपलव्ध गराइने छ । कृषि विमाको व्यवस्था गरिने छ । कृषि बालीलाई बाँदर, बनेल, दुम्सी जस्ता वन्यजन्तुबाट संरक्षण गर्न ठोस कार्ययोजना बनाइने छ ।

–कृषि उपजको सङ्कलन र भण्डारणका लागि पूर्वाधारको विकास गरिने छ । रुरु लगायत अन्य पालिकामा निर्माणाधीन शीतभण्डारलाई यथाशीघ्र सम्पन्न गरिने छ ।

– गुल्मीको पहिचानको रूपमा रहेको कफीलाई अभियानकै रुपमा विकास गरिने छ । यसको उत्पादन वृद्धि, बजारीकरण र संरक्षणको विशेष व्यवस्था गरिने छ ।

– सुन्तला, कागती, लिची, दुग्ध, तरकारी, उँखु र बाख्रापालन लगायतका उत्पादनहरूको विकासमा विशेष लगानी गरिने छ । सामूहिक खेती वा पशुपालन गर्न चाहने कृषकहरुलाई विशेष सहयोग गरिने छ । बाँझो जमिनको व्यवस्थापन, भूमि बैँक तथा जग्गा उकासका माध्यमबाट सामुहिक खेती गर्न चाहने सहकारी र कृषि समूहहरूलाई आवश्यक सहयोग र प्रोत्साहन गरिने छ । हरेक पालिकामा त्यहांका स्थानिय स्रोत साधनलाइ मध्यनजर गरी प्रशोधन तथा प्याकेजिङ्ग उद्योगको स्थापना र संचालन गरिनेछ । “ग्रामीण विकासको आधार ः उत्पादन र बजार, एक परिवार एक रोजगार” को नीति वनाइ प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ । उत्पादनलाई विशेष ध्यान दिइने छ । उत्पादित बस्तुहरुको बजारीकरण्को व्यवस्था मिलाइने छ ।

५. उद्योग तथा खानीका क्षेत्रमा

एक पालिका, एक औद्योगिक ग्रामको नीति कार्यान्वयन गरिने छ । औद्योगिक ग्रामहरूमा साना, घरेलु तथा मझौला उद्योग स्थापना र सञ्चालनका लागि प्रोत्साहन गरिने छ ।

– जिल्लामा विभिन्न ठाउँमा रहेका फलाम, अभ्रक, सिसा, तामा लगायत खानीको वैज्ञानिक अन्वेषण गरी उत्खननको व्यवस्था गरिने छ ।

– अर्गानिक कफी, गुँड, अदुवा, जामजेली लगायत कृषि उपजको प्रशोधन गर्ने उद्योगलाई प्रोत्साहन गरिने छ ।

६. संस्कृति संरक्षण तथा पर्यटनका क्षेत्रमा

–जिल्लामा रहेका रुरु, रेसुङ्गा, रुद्रवेणी, सत्यवती, दिब्रुङलगायत धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूको संरक्षण तथा विकास गर्दै सबै क्षेत्र समेटेर पर्यटन प्रबद्र्धन गरिने छ ।

– जिल्लामा प्रचलित लाखे, मारुनी, सोरठी, भजन लगायत विभिन्न जातिका सांस्कृतिक जात्रा, मेला, गीत–सङ्गीत र सांस्कृतिक सम्पदाहरूको संरक्षण गरिने छ ।

–रुरुक्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गरिने छ । तटबन्ध र सौन्दर्यीकरणको काम यथाशीघ्र सम्पन्न गरिने छ । कालीगण्डकीमा सुहाउँदो बाँध निर्माण गरी जलाशयको विकास गरिने छ ।

– बम्घा, गुल्मी दरबार लगायत ऐतिहासिक स्थलहरूको संरक्षणमा विशेष जोड दिइने छ ।

– जोसमनी सन्त परम्पराका अग्रज सन्त शशीधर स्वामीको स्मृतिमा जिल्ला सदरमुकाममा प्रेक्ष्यालय र सङ्ग्रहालयको स्थापना गरिने छ ।

७. युवा, खेलकुद तथा रोजगारीका क्षेत्रमा

– युवाहरूको व्यक्तित्व विकास र खेलकुदको प्रबद्र्धनका लागि “एक पालिका, एक खेलमैदान तथा एक कभर्ड हल” को अभियान सञ्चालन गरिने छ । तम्घास, रिडी र सत्यवतीलगायत क्षेत्रका खेल पूर्वाधारको विकासका लागि विशेष व्यवस्था गरिने छ ।

–जिल्लाबाट खेल प्रतिभाहरूको पहिचान गर्दै उनीहरूलाई अगाडि बढाइने छ ।

– बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलन गरिने छ । युवाहरूलाई कुनै न कुनै विषयमा सिप विकास तालिम दिइने छ । तालिमप्राप्त युवाहरूलाई उद्यम सुरु गर्नका लागि स्टार्ट अप पुँजीको व्यवस्था गरिने छ । युवाहरूबाट उत्पादित बस्तुहरूको बजारको व्यवस्थापन गरिने छ । युवाहरूलाई वाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको क्रमशः अन्त्य गरिने छ ।

– वर्षमा न्यूनतम एकपटक प्रत्येक पालिकामा उद्यमशीलता परामर्श तथा अभिमुखीकरणको व्यवस्था गरिने छ ।

८. सामाजिक न्याय र सुरक्षाका क्षेत्रमा

– महिलाहरूको समान अधिकार, समावेशिता र क्षमता अभिवृद्धिका लागि विशेष व्यवस्था गरिने छ ।

– दलितमाथि हुने हरेक किसिमका छुवाछुत र भेदभावको अन्त्य गर्दै उनीहरूको आर्थिक–सामाजिक र शैक्षिक विकासको विशेष अभियान सञ्चालन गरिने छ ।

– बोटे, कुमाललगायत जिल्लाका अल्पसङ्ख्यक र सीमान्तकृत समुदायको उत्थानका लागि विशेष व्यवस्था गरिने छ । घरबारविहीन समुदायका लागि जनता आवास अन्तरगत आवास उपलव्ध गराइने छ । सबै खरका छानालाई जस्ताका छानाले विस्थापन गरिने छ ।

– स्पाइनल इञ्जुरी लगायत सबै खाले अपाङ्गता भएका व्यक्तिका लागि सहुलियत रूपमा औषधि उपचार, पुनस्र्थापना र संभव भएसम्म आत्मनिर्भर हुने व्यवस्था गरिने छ ।

– वृद्ध भत्तामा वृद्धि गर्दै जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्योपचार र यातायातमा सहुलियतको व्यवस्था गरिने छ । जेष्ठ नागरिकहरूका लागि सबै खाले सुविधासहितका दिवा विश्रामस्थलहरू (डे केयर) को व्यवस्था गरिने छ ।

यसका अलावा निर्वाचन क्षेत्र १ अन्तरगतका निम्न योजनाहरू ५ वर्ष भित्र सम्पन्न गरिने छ ।

कालीगण्डकी गाउँपालिका : हर्मीचौर–डिङ–गिदुव–कस्कोट– बुजुङ–सत्यवती मोटरबाटो सम्पन्न गरिने छ, पूर्तिघाट – मट्ठ– भिरखानी– लम्सराङ– लुम्पेक–रुद्रवेणी मोटरबाटो सम्पन्न गरिने छ, बेलटारी–जयखानी–भुजुङ मोटरबाटो स्तरोन्नति गरिने छ, गिदुवा– तुथुङ– भरदलकोट– देउराली– जयखानी– लम्सराङ– पूर्तिघाट कृषि मार्ग निर्माण गरिने छ, पूर्तिघाट– जुखुम– लम्करा– चाल्सेचैया, खानीगाउँ कृषि सडक निर्माण गरिने छ , बरल्बा– रम्फै– मरिम–लुङ–बरेङ–बाग्लुङ मोटरबाटो स्तरोन्नति गरिने छ, अर्बेनी रिङरोड स्तरोन्नति गरिने छ, घुमाउने–चापाखोर– देउराली तोलाकोट मोटरबाटो निर्माण गरिने छ, पूर्तिघाट–छादी–खनियापाटा–छापचौर मोटरबाटो निर्माण गरिने छ, पूर्तिघाट– जुखुम–सिरनी–बल्ली–सत्यवती–रुद्रवेणी मोटरबाटो निर्माण गरिने छ, फोक्सिङ–खानीगाउँ–बुढी सत्यवती पर्यटकीय पदमार्ग निर्माण गरिने छ , हर्मिचौर–अर्बेनी– हिलेसिद्ध सत्यवती ट्रेकिङ्ग मार्ग निर्माण गरिने छ, लम्सराङ–जयखानी झोलुङगे पुल, डभौंखानी भञ्ज्यााङ झोलुङगेपुल, पात्रे जुखुम झोलुङगेपुल निर्माण गरिने छ ।

छ सय कुलो सिँचाइ, हर्मिचौर–बकेवा सिँचाइ, हर्मिचौर आँदीकुलो सिँचाइ, जेठीकुलो कान्छीकुलो र माइलीकुलो सिँचाइ, अर्बेनी, राक्से सिँचाइ, अर्बेनी– पोरवेसी सिँचाइ, खडगकोट, बरल्बा सिँचाइ, खडगकोट, बडरे जिमिरे कोरेङ कुलो, खडगकोट, छापचौर सिँचाइ, मुदरे कुलो सिँचाइ, फोक्सिङ पुर्तिघाट सिँचाइ, कालीगण्डकी–६ लेगा सिँचाइ योजना सम्पन्न गरिने छ । चुँदीखोला वडा नम्बर ४ र ६ पक्की पुल निर्माण गरिने छ ।

सत्यवती गाउँपालिकामा ः कालीगण्डकी र बडीगाड तटबन्ध निर्माण कार्य सम्पन्न गरिने छ । मचाकोट सिँचाइ योजना सम्पन्न गरिने छ । जोहाङ–जुनिया खानेपानी सम्पन्न गरिने छ । निर्माणाधिन खेल मैदान सम्पन्न गरिनेछ। सुनपहिरो रोकथाम गरिनेछ ।

रुरुक्षेत्र गाउँपालिका ः चौतारा–भञ्ज्याङ्ग–लोक्मा–ग्वादी–बेल्टारी मोटरबाटो कालोपत्रे गरिने छ ।आमपोखरा–लामाखर्क–झमादी–ओखलढुङ्गा–तालखोला मोटरबाटो स्तरोन्नति गरिने छ । रानीवास–टाहटिम–उल्लीखोला मोटरबाटो कालोपत्रे गरिने छ । जौखोला ठुलापोखरा लिफ्टिङ्ग खानेपानी सम्पन्न गरिने छ ।चिदीगैरा–भटकुवा मोटरबाटो कालोपत्रे गरिने छ । रुरुक्षेत्रको समग्र विकासको लागि निर्मित गुरुयोजनालाई कार्यान्वयनमा ल्याइने छ । जोइका चौपारी–स्यालपोखरी मोटरबाटोको स्तरोन्नति गरिने छ । रिडीघाटमा शवदाह गृह निर्माण गर्ने र डेटबोडी फ्रिजिङ्ग हाउससमेत निर्माण गरिने छ ।

छत्रकोट गाउँपालिका :खज्र्याङ खानेपानी योजना सम्पन्न गरिने छ, सुन्तला, उखु, आलु र अदुवाको पकेट क्षेत्रको रुपमा विकास गरिने छ , दिगाम–बोखर–मनभाग मोटरबाटो स्तरोन्नति गरिने छ, बेल्टुङ–सेङदी,खरज्याङ्ग, अगाहा र सातमुरे तटबन्ध निर्माण गरी बस्तीको उचित संरक्षण गरिने छ, दिगाम पहिरो–लुम्छा पहिरोको उचित व्यवस्थापन गरिनेछ, श्रृङ्गेश्वर तपोभूमी र छत्रकोट देवालयलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरिनेछ, छत्रकोट मन्दीर परिसर देखि भालुपानी भगवति मन्दिरसम्म जिपलाईनको व्यवस्था गरिने छ ।

गुल्मीदरबार गाउँपालिका: जुभुङ्ग–सिस्ने–विरबास–खज्र्याङ्ग मोटरबाटो कालोपत्रे गरिने छ, झिरबास–नेटा–मजुवा मोटरबाटो स्तरोन्नति, रुरु–रेसुङ्गा बलेटक्सार खानेपानी योजना मर्मत तथा स्तरोन्नति गरिने छ, घुम्ती चारपाला प्रवेशद्वार र प्रतीक्षालय निर्माण गरिनेछ, वडा नं.३ (गौडाकोट) र ४ (बिरबास) को सिमानामा च्यानडाँडा बृहत खेलमैदान निर्माण गरिनेछ, जुभुङ्ग ठूलाचौर क्रिकेट मैदान निर्माण गरिनेछ, भरुवा–केदुवा र राँके खज्र्याङ्ग खोला तटबन्ध निर्माण गरिनेछ, धयरचौर–दारिमपाटा–बैँसगैरा लिफ्टिङ खानेपानी जाने मोटरबाटो निर्माण गरिनेछ, राँके खोलामा झोलुङ्गे निर्माण गरिनेछ, छिलुदोभानमा पुल निर्माण गरिनेछ, सपाउदे खोलामा कल्भर्ट निर्माण गरिनेछ, म्यालडाँडा दुर्गाभाइको मन्दिर निर्माण गरिनेछ, जिजु मन्दिर–रुन्खा नयाँ ट्रयाक खोलिनेछ, डल्ली खोला घोराहा फाँट कुलो निर्माण गरिनेछ ।

रेसुङ्गा नगरपालिका: मजेङ्ग खानेपानी सम्पन्न गर्ने र मजेङ्गले समेट्न नसकेका क्षेत्रमा वैकल्पिक योजना सञ्चालन गरी एक घर एक धारा कार्यक्रम पूरा गरिने छ ,रेसुङ्गा विमानस्थल तत्काल सुचारु गर्ने र विमानस्थलसम्म आउने– जाने शाखा सडकको स्तरोन्नति गरिने छ, देउराली–एयरपोर्ट–राङ्गबास फेदी खज्र्याङ्ग मोटरबाटो तीनवर्ष भित्र सम्पन्न गरिने छ, रेसुङ्गा, अर्जुनडाँडा, साउने, भुवनेपार्क, बाल उद्यान उपल्लो तम्घास, गर्जुरा पर्यटनपार्क, उनायचौरलाई पर्यटकीय स्थलकोरूपमा व्यवस्थित गरिने छ , कृषि र जडिबुटीमा आधारित उद्योग स्थापनाका लागि आधार निर्माण गरिने छ ,जिल्ला अस्पतालको निर्माण कार्य पुरा गरी र दरबन्दी सहित विशेषज्ञ सेवा उपलब्ध गराइने छ , हिंसा पीडित महिलाहरुको अस्थायी सेल्टर निर्माण र सञ्चालन गरिने छ, नगरभित्रका मुख्य सडकहरुको स्तरोन्नति गरिने छ र रैया खोलमा पक्की पुल बनाइने छ ।

चन्द्रकोट गाउँपालिका भित्रका योजना : दिब्रुङ्ग र सिद्धबाबा मन्द्रिर धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने छ ,दिब्रुङ्ग–सालिमे मोटरबाटो स्तरोन्नति गरिने छ, धारकुलोदेखि हरेवाटारीसम्म सिँचाइको व्यवस्था मिलाइने छ, शान्तिपु्ुु्र–क्वाङ्दी–खादीकोट–भार्से र लुन्दी बाइगैडा मोटरबाटो स्तरोन्नति गरिने छ, पदेराखोला खनियाँचौर र जम्के तुसारे बाँझपाटा सिंचाइ योजना व्यवस्थित गरिने छ ,जुवा–दम्का–देउराली–म्यालपोखरी मोटरबाटो स्तरोन्नति गरिने छ, रूपाकोटदेखि सिद्धबाबा जाने मोटरबाटो निर्माण गरिने छ । मजुवादेखि सोतासम्म र हुग्दीखोला, खहरेखोला र भुग्दीखोलामा तटबन्धन निर्माण गरिने छ, सोता पेट्रोलदेखि घोराहा पुलसम्म नयाँ ट्र्याक खोलिने छ , चिदीपानी बौसदी एक्लेपिपल मोटरबाटो स्तरोन्नति गरिने छ, भार्से–रूपाकोट–शान्तिपुर र रेमी टिमुरे भन्ज्याङ मोटरबाटो स्तरोन्नति गरिने छ, पुल्कामुख झुर्म सल्यार मोटरबाटो स्तरोन्नति गरिने छ, टिमुरे दमार सिँचाइ योजना व्यवस्थित गरिने छ, तुराङ झुर्मदेखि आँपचौर मिमिया जोड्ने गंदीखोलामा मोटरेबल पुल निर्माण गरिने छ, टिमुरे तालको संरक्षण र प्रबद्र्धृन गरिने छ र शान्तिपुर हर्राचौर भिरखानी ओलीबाङ मोटरबाटो स्तरोन्नति गरिने छ ।

माथि उल्लेख भए बाहेकका महत्वपूर्ण योजनाहरु सम्बन्धित गा.पा. तथा वडासंग परामर्श र समन्वय गरी कार्यान्वयन गरिनेछ ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,

जिल्लाको समग्र विकासका अलावा हाम्रा प्रतिनिधिहरूले राष्ट्रिय राजनीतिका अनेकौँ प्रश्नमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । हाम्रो शिर ठाडो पार्नुभएको छ । आज हामी फेरि तपाईँहरू समक्ष नेकपा (एमाले) का योग्य उम्मेदवारहरूलाई लिएर आइपुगेका छाँँँैं । हाम्रो विनम्र आग्रह छ– हामीलाई आफ्नो अमूल्य मत दिनुहोस्, हामी तपाईँहरूलाई समृद्ध गुल्मी दिने छाँँैं ।

हार्दिक अभिवादन ।