बुटवल । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचनपछि काँग्रेसले शेर बहादुर देउवालाई नै प्रधानमन्त्री बन्ने बताएका छन् । उनले निर्वाचन पछि सबैभन्दा धेरै सिट नेपाली काँग्रेसले ल्याउने भएको त्यसको पार्टी सभापतिको हैसियतमा शेर बहादुर देउवा नै प्रधानमन्त्रको रुपमा अगाडि सार्ने बताए ।
नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समितिका संयोजक समेत रहेका प्रवक्ता डा महतले १६५ सिट मध्ये ९१ सिटमा नेपाली काँग्रेस उम्मेदार भएकोले अन्य पार्टी भन्दा निश्चित रुपमा धेरै सिट आफ्नो पार्टीको आउने दावी गरे । बुधबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै प्रवक्ता डा: महतले तत्कालिन समयमा बहुमतको नेकपा सरकार हुँदा नागरिकले धेरै दुख पाएको भन्दै गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मुल्यांकन गर्न जिकिर गरे ।
पाँच बर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले पनि जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदाहरु जनतालाई झुक्याउने भन्दा अरु नयाँ केही नभएको दावी गरे । उनले भने, ५ वर्षअघि समेटिएका पानी जहाज, पाईप लाईन ग्याँस र रेल जस्ता कुराहरु कार्यान्वयन भन्दा पनि फगत मात्रै भएको सरकार चलाउँदा पुष्टि भईसकेको छ ।
एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको एउटै पार्टीभित्रको अविश्वासका कारण विभाजन हुन पुगेको बहुमतको सरकार भंग भएपछि बनेको नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रण लगायत काम गरेको जनाए ।
नेपाली काँग्रेसले जारी गरेको घोषणापत्रमा पनि रेल सञ्चालन बुँदा समेटिएको छ ? एमालेले जारी गरेको घोषण पत्रमा पनि रेल सञ्चालन गर्ने र काँग्रेसले ल्याउने रेल एउटै हो की फरक हो भन्ने पत्रकारहरुले सोधेको जिज्ञासामा प्रवक्ता डा.महतले भने, हामीले चलाउने भनेको आन्तरिक यातायातको लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक छैन् । हामी ऋण काढेर रेलमा लगानी गर्नै पक्षमा छैनौं ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.डिला संग्रौलाले आगामी दिनमा संघिय निर्वाचनमा काँग्रेसका महिला नेतृहरुलाई प्रत्यक्षमा उठाउने गरी अगाडि बढ्ने जनाइन् । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्विनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र के सीको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया