बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पूर्वाधार तथा बिकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने दाबी गरेका छन् । यहाँ सुरु गरिएका ठूला बिकासका आयोजनाहरु सम्पन्न भएपछि यहाँको बिकास असाधारण देखिने दाबी गरे । बुटवल–११ प्रगतिनगरमा बुधबार कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्दै पौडेलले यहाँ सुरु गरिएका ठूला पूर्वाधार निर्माणका कामलाई कसैले पनि राजनीतिक रङ्ग नदिएर सम्पन्न हुन सकेमा यहाँको जीवनस्तरमा उल्लेख्य सुधार हुने दाबी गरे ।
बुटवलको बिकासलाई कसैले चाहेर पनि रोक्न नसक्ने दाबी गर्दै पौडेलले सिङ्गो रुपन्देही नै बिकासको रोलमोडलको रुपमा स्थापित हुने चरणमा रहेको दाबी गरे । बुटवलमा निर्माण सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, निर्माणको अन्तिम चरणमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल, तिनाउ नदीमा आधुनिक शैलिको सिग्नेचर पुल, औद्योगिक ग्राम, अन्तर्राष्ट्रिय विमालस्थल, ६ लेन सकड, बुटवल–बेथरी सडक लगायतका योजनाहरुले रुपन्देहीलाई छुट्टै पहिचन दिने उनले दाबी गरे । आफू अर्थमन्त्री हुँदा तथा त्यसअघि समेत सुरु गरिएका थुप्रै पूर्वाधार तथा बिकासका कामहरु केही सम्पन्न भएका, केही सम्पन्न हुने चरणमा रहेका तथा सुरु भएका सबै काम सम्पन्न भएपछि यहाँको बिकास र जीवनस्थरमा समेत उल्लेख्य प्रगति हुने उनले बताए ।
रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका पौडेलले तिनाउ–दानव करिडोर निर्माण भएपछि बुटवल नमूना शहरको रुपमा बिकास हुने दाबी गरे । कोरिडोर निर्माणको नाममा यहाँका कोही पनि जनतालाई बिचल्लित नपारिने कुरा स्पष्ट पार्दै उनले भने –‘यहाँका जनतालाई सुरक्षित बास स्थानको व्यवस्था गर्ने विषयमा तलमाथि हुँदैन । यहाँको सुरक्षाका लागि नै कोरिडोर निर्माण गर्न लागिएको हो ।’ नदी नियन्त्रण गरी व्यवस्थि शहर निर्माण गर्ने उद्देश्यले कोरिडोर निर्माणको काम अघि बढाइएको बताउँदे उनले कोरिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई समेत व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए ।
पूर्वाधार निर्माणसँगै अब रोजगारी सिर्जना तथा शिक्षामा आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए । आगामी मंसिर ४ मा सूर्यमा मतदान गरी विजयी गराउने अभियानमा जुट्न आग्रह गर्दै उनले मुलुकको परिवर्तन गर्ने प्रमुख शक्ति नै नेकपा एमाले भएको दाबी गरे । आफूले कुनै पनि दल वा उम्मेदवारको टिकाटिप्पणी नगर्ने र त्यसका लागि आफूसँग समय पनि नभएको बताउँदै उनले रुपन्देहीको बिकासका लागि दृघकालिन योजना निर्माण र कार्यान्वयन आफ्नो प्राथमिकता रहेको उल्लेख गरे । मंसिर ४ को निर्वाचनका लागि सबै तहबाट लाग्न कार्यकर्ताहरलाई आग्रह गर्दै उनले एमालेले आफ्नो घोषणापत्रका समावेश गरेका मुद्दाहरुलाई जनतासामु बुझाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले एमाले सरकारमा सुरु गरिएका पूर्वाधार निर्माण र बिकासका कामलाई पूर्णता दिनका लागि मंसिर ४ मा जनताले सुर्यमा मतदान गर्न आग्रह गरे । बुटवलमा मुख्य समस्यका रुपमा रेको सुकुम्बासी समस्यको समाधानका लागि एमाले सरकारले शक्तिशाली आयोग बनाएर काम अन्तिम चरणमा पुग्नै लाग्दा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नुनै दुर्भाग्यपूर्ण भएको बताए । ‘शक्तिशाली आयोग निर्माण गरेर सम्पूर्ण सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको हात–हातमा लालपूर्जा वितरण गर्नै लाग्दा षड्यन्त्रपूर्ण ढंगले सकार ढालियो ।’–गिरीले भने, लालपूर्जा वितरणका लागि अन्तिम अवस्थामा पुगेको आयोगलाई नै बर्तमान सरकारले खारेज गर्नु दुर्भाग्यपूर्ण रह्यो ।
रुपन्देही–२ (१) बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका गिरीले जनताको समस्या बुझ्न र बिकासका लागि नेकपा एमालेको नेतृत्व अनिवार्य रहेको बताए । उनले आगमी मंसिर ४ मा जनताले एमालेकै पक्षमा फैसला गर्ने दाबी गरे । यसैगरी बुटवलमा निर्माण हुँदे गरेको महत्वकांक्षि योजना तिनाउ–दानव कोरिडोरले यहाँको जीवनस्तरमा उल्लेख्य परिवर्तन ल्याउने दाबी गरे । नदी नियन्त्रण गरेर यहाँको बस्तीलाई बाढी तथा नदी कटानबाट सुरक्षित बनाउँदे सुन्दर शहरको परिकल्पनासहित कोरिडोर निर्माण गर्न लागिएको उनले बताए । कोरिडोरका कारण यहाँका कोही पनि जनता बिस्थापित र विचल्लित हुनु नपर्ने उनले बताए ।
प्रतिक्रिया