ताजा अपडेट »

फेरि बढ्यो सुनचाँदीको मूल्य

बुधबार, १६ कार्तिक २०७९

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ  । 

मंगलबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।