बुटवल । गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं। २ प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार सोम प्रसाद पाण्डेयले रिब्दीकोट सांस्कृतिक रुपमा ऐतिहासिक महत्वको क्षेत्र भएकाले यहाँ रहेको भैरवस्थानलाई पर्यटकीय विकास गर्न आफु लागी परेको बताएका छन्।
रिब्दीकोट गाउँपालिकाको ठिमुरे, भैरवस्थानलगाएतका स्थानमा घरदैलो कार्यक्रम गर्दै नेता पाण्डेयले यहाँको पर्यटकिय विकास गर्न धेरै पटक बजेट विनियोजन गरेको भन्दै संघ र प्रदेशमा समन्वय गरेर बजेट ल्याएको बताउनुभयो । नेता पाण्डेयले भैरवस्थानका लागी प्रदेश, संघ र पुर्ननिर्माण प्राधिकरणमा समन्वय गरेर साढे ५ करोड बढी बजेट ल्याउन पहल गरेको बताए । समृद्धिको लागी आर्थिक क्रान्तिसहित पर्यटनको नयाँ अभियान चलाउन रिब्दीकोटमा रहेको भैरव मन्दिरलाई थप विकास गर्नुपर्ने र त्यसका लागी आफुले योजना बनाएको पाण्डेयले बताए । पाण्डेयले पुरातत्व विभागमा पहल गरेर साढे ४ करोड बढी बजेट ल्याउन समन्वय गरेको भन्दै यहाँको पर्यटकिय विकासका लागी थप काम गर्ने योजना रहेको बताए ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं। २ (२) का उम्मेदवार तुलाराम घर्तीले ऐतिहासिक कालखण्डमा, ऐतिहासिक आवश्यकताबाट गठबन्धन जन्मिएको भन्दै संविधान लोकतन्त्र र राष्ट्रको रक्षाका लागी यसलाई हुर्काउनुपर्ने बताए । घर्तीले प्रदेश सरकार बाट मात्रै १ करोड २० लाख रुपैंया भैरवस्थानका लागी विनियोजन गरेको स्मरण गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य हरी नेपालले प्रतिगमनको खतरा, संविधानलाई घात गर्ने खतरा, संघीयता समानुपातिकता, समावेशी लोकतन्त्र माथि प्रहार गर्ने प्रवृत्ति रहेसम्म गठबन्धनको सान्दर्भिकता रहिरहने बताए ।
नेता नेपालले जता पनि नकारात्मक सोच राख्ने प्रवृत्तिलाई जनताले नस्वीकार्ने भन्दै जनतामा देश, संविधान, लोकतन्त्र, समृद्धिका लागी गठबन्धनप्रती उत्साह आएको बताए ।
प्रतिक्रिया