ताजा अपडेट »

यस्ता छन् एमाले घोषणापत्रमा ५ वर्षे २० ग्यारेन्टी

मंगलबार, १५ कार्तिक २०७९

काठमाडौं । एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् । घोषणापत्रमा २० हजार शब्द रहेका छन् । जसमा अध्यक्ष ओलीले ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने, अरुलाई किन नहाल्ने भन्ने प्रस्ट्याउन खोजिएको छ ।

डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरु प्रस्तुत गरिएको छ । एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ ।

यस्ताछन् २० ग्योरेन्टी :

१. पहिलो सेसनः समृद्धि अधिवेशन,
२. नेपालीलाई मात्र नागरिकता
३. हंगर नो लंगर
४. उत्पादन स्वदेशी स् बजार विदेशी
५. सुरक्षित छाना स् पुग्छ सबैको चाहना
६. कमाइ स् युवाको रोजाई
७. पढाइ स् भविष्यको जग बसाइ
८.सुगर प्रेसर स् भइन्न बिरामी औषधि बेगर
९. फ्रि मिटर स् १० हजार लिटर
१०. फ्रि युनिट स् ५० युनिट
११. खेतबारीमा पानी स् खाडीमा हैन स्वदेशमै लगानी
१२. दिनदिनै सडक विस्तार स् विकासका पूर्वाधारको आधार
१३. भूमिगत तार स् सहर बजार
१४. नो लाइन स् सेवा अनलाइन
१५. ५ लाख रोजगार स् न्यूनतम ज्याला २५ हजार
१६. समृद्धिसँगको नाता स् सबैको बैंक खाता
१७. स्वास्थ्य महिनावारी स् १५ सय वर्षभरि
१८. फाइभजी सञ्चार स् आइटीमा चमत्कार
१९. हामी समाजिम स् सभ्य नागरिक
२०. हाम्रो अर्थ स् १०० वर्ष