ताजा अपडेट »

बढ्यो सुनचाँदीको मूल्य

मंगलबार, १५ कार्तिक २०७९

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ  । सोमबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा १ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।