ताजा अपडेट »

रुपन्देही-३ : दुई हेविवेटको बीचमा प्रख्यात, एक्लै चुनाव प्रचार-प्रसारमा

सोमबार, १४ कार्तिक २०७९

भैरहवा । रुपन्देही जिल्लाको सदरमूकाम समेत रहेको निर्वाचन क्षेत्र नम्बर ३ अहिले चुनावी माहौलले तातिएको छ । बहालवाला गृहमन्त्री बालकृष्ण खाँण यसै क्षेत्रबाट उम्मेदवारी दिएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पटक पटक मन्त्री भई सकेका दिपक बोहराको पनि प्रतिनिधि सभा सदस्यकै लागि उम्मेदवारी परेको छ ।

नेकपा माओवादी, नेकपा समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण तथा नेकपा एमाले, जनता समाजवादी पार्टीको समर्थनमा राप्रपाका नेता दिपक बोहरा चुनावी मैदानमा होमिएका छन् । यी दुई हेविवेट नेता संगै प्रतिनिधि सभा सदस्यमा हामी नेपाली पार्टीबाट “लौरो अभियान” का प्रख्यात बन्जाडे पनि चुनावी मैदानमा उत्रिएका छन् । आफ्नो चुनाव चिन्ह लौरो सहित आफ्नै मोटरसाईकलमा प्राय एक्लै उनि प्रचार प्रसारमा देखिन्छन् । ३६ वटा वडा रहेको क्षेत्र नम्बर ३ मा उनि घर घर पुग्ने अभियान रहेको बताउछन् । घर घर पुग्ने र आफ्नो मुद्दा बुझाउने प्रयास गर्ने उनको भनाई छ ।

बन्जाडेको समर्थनमा सामाजिक सञ्जाल मार्फत बिभिन्न अभियानमा सक्रिय रहेको भिम उपाध्याय, सागर ढकाल, निकोलस भुसाल जस्ता अभियन्ताहरु लागेका छन् । यस अघि सामाजिक सञ्जालकै माध्यमबाट स्वतन्त्र उम्मेदवारहरुले मतदातामा राम्रो प्रभाव पारेको कारण बन्जाडेले पनि सोही प्रविधि प्रयोग गरेको बताउछन् । भैरहवा तथा यस आसपासका क्षेत्रमा सामाजिक अभियन्ता, अधिवक्ता, पत्रकार पृष्ठभूमिका बन्जाडे यस क्षेत्रको बिभिन्न मुद्दाहरुमा काम गरेको बताउछन् । उनले रुपन्देहीका टिप्परहरुले आतंक नै मच्चाएको बताउदै उनिहरुलाई ट्रयाक्मा ल्याउन आफुले पहल गरेको बताउछन् । “ओभरलोड गर्ने, नम्बर प्लेट नराखी तिव्र गतिमा हाक्ने लगायतको काम टिप्परहरुले गरिरहेका थिए ।” बन्जाडेले भने “ ज्यानको बाजी लगाएर बिभिन्न निकायमा हार गुहार गरि अहिले टिप्पर आतंक रोकेको छु ।”

कोभिडको जोखिमयुक्त समयमा पनि आफु नरोकिएको उनि बताउछन् । सबै घरमै बसेकोे अवश्थामा घर घरमा कृषि एम्बुलेन्स मार्फत तरकारी लगायत बिभिन्न खाद्यन्न पु¥याएको, अस्पतालहरुमा अक्सिजन अभाव भएको अवस्थामा अक्सिजन ब्यवस्थापनमा पनि खटिएको उनि बताउछन् । यस बाहेक जनताहरुको स–साना समस्याको समयमा पनि उनिहरुसंगै खटिएको कारण आफ्नो मूल्याङ्कन जनताले अवश्य गर्ने प्रख्यात बताउछन् । जनताको भरोसा नै आफ्नो जितको मूख्य आधार बताउने उनले क्षेत्रमा सुशासनको साथै बिकासको मुद्दा लिएर अगाडी बढन्े बताउछन् । उनले अहिले प्रदेश सभा सेतो हात्ती भएकोले आफ्नो मूल एजेण्डा नै प्रदेश सभाको खारेजी हुने बताए ।

यस बाहेक शिक्षामा स्नातक सम्मको अध्ययन निशुल्क, बेरोजगारी समस्या हटाउन प्रत्येक वडामा कक्षा ८ देखि कक्षा १० सम्म प्रविधिमैत्री कक्षा सञ्चालन, केन्द्रदेखि स्थानिय तह सम्मको सरकारी कार्यालयहरुमा सुशासनको निम्ति भ्रष्टहरुलाई दण्डित गर्ने, सुस्त गतिमा रहको बेलहिया भन्सारमा एकिकृत चेकजाँचलाई फास्ट ट्रयाकबाट सम्पन्न गराउने लगायतको लक्ष्य रहेको उनि बताउछन् । घरदैलोको क्रममा उनले मतदाताहरु आफुप्रति निकै सकारात्मक रहेको बताए ।

नेपालको राजनैतिक दलहरुबाट आजित भएका मतदाताहरुले अहिल विकल्प खोजीरहेको र आफु नै त्यो विकल्प भएको उनको भनाई छ । दुई जना हेविवेटको लडाईमा आफु विजयी हुने उनले सम्भावना देखेको छन् । “अहिले मतदाताहरु राजनैतिक दलका ¥याली, आमसभा, घरदैलो लगायतका जान ईच्छा देखाएका छ्रैनन् ।” उनले भने “यसले पनि अहिले राजनैतिक दलको विकल्पको रुपमा देखिएको मलाई राम्रै भोट आउने देखेको छु ।”

क्षेत्र नम्बर ३ मा ३६ वटा वडा समेटिएको छ । यसमा जिल्लाको सदरमुकाम सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका र ५ वटा स्थानीय तहको विभिन्न वडाहरुलाई समावेश गरेर क्षेत्र निर्धारण गरिएको छ । तीन नम्बर क्षेत्रमा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६, १७, १८ १९, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाको वडा नम्बर १, २, ३, ६, ७ र तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ र १४ छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) मा ३३ हजार ५ सय ८७ पुरुष, ३१ हजार ९ सय २४ महिला र २ जना अन्य गरि ६५ हजार ५ सय १३ मतदाता रहेका छन् । यस्तै ३ (ख) मा ३३ हजार ८ सय ७ पुरुष, ३३ हजार ४ सय ७१ महिला गरि ७६ हजार २ सय ७८ मतदाता रहेका छन् । रुपन्देही क्षेत्र नम्बर ३ मा कुल मतदाता १ लाख ३२ हजार ७ सय ९१ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । यस्तै क्षेत्र नम्बर ३ मा जम्मा ४६ वटा मतदान स्थलमा १ सय ४६ मतदान केन्द्र निर्धारण गरिएको छ । यस मध्ये ३ (क) मा २० मतदान स्थल र ७१ वटा मतदान केन्द्र तथा क्षेत्र ३ (ख) मा २६ मतदान स्थलमा ७५ मतदान केन्द्र रहेको छ ।