बुटवल । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बिकास योजनाका काममा जनतालाई भ्रम सिर्जना गरी आतंकित नपार्न आग्रह गरेका छन् । राजनीतिक स्वास्र्थपूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उनले बताए । जनताका लागि नै सुरु गरिएका महत्वकांक्षि र ठूला बिकासका आयेजनाहरुमा गलत ढंगले भ्रम फैलाएर आतंकित पार्ने गरिएकोप्रति उनले चिन्ता व्यक्त गरे । बुटवलमा सुरु गरिएका विभिन्न ठूला आयोजनाहरु जनताका लागि नै भएको स्पष्ट पार्दै उनले बिकासका नाममा कसैले पनि घर–बास विहिन हुनु नपर्ने उल्लेख गरे ।
सोमबार बुटवल-११ युद्धनगरमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा तिनाउ-दानव करिडोर बारे छलफल गर्दै उनले यहाँका जनतालाई आतंकित नहुन आग्रह गरेका हुन् । करिडोर निर्माणका कारण यहाँका स्थानीयहरुको घर-बास उजाडिने कुरा गलत भएको उनले बताए । एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्मार्णको काम अघि बढाइएको स्पष्ट पार्दै कोही जनतालाई पनि घर-बासविहिन नबनाइने उल्लेख गरे । यहाँको बस्तिलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घर-परिवारलाई व्यवस्थित ठाउँमा उनीहरुकै चाहना अनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे । ‘यहाँको बस्ति सुरक्षाका लागि नै करिडोर निर्माण गर्न लागिएको हो । बिकासका नाममा जनतालाई आतंकित पार्ने र बिस्थापित गर्ने भन्ने हुँदैन ।’-पौडेलले भने, भ्रममा नपर्नुहोस यदी यहाँबाट बस्ती हटाउनु पर्ने भएमा योभन्दा थप व्यवस्थित ठाउँमा तपाईहरुलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन ।
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एमाले उपाध्यक्ष पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा बढी समग्र क्षेत्रको एकसाथ बिकास गर्नेगरी वृहत रहेको उल्लेख गरे । रुपन्देहीलाई बिकासको रोलमोडल बनाउनका लागि कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाउँदै उनले यसका लागि आगमी निर्वाचनमा एमालेले जित्नै पर्ने उल्लेख गरे । आकाश ओढ्ने र धर्ती बिच्छाउने सबैको प्रतिनिधि भएर काम गर्ने प्रतिवद्धता गर्दै पौडेलले रुपन्देहीको अब आफ्नो ध्यान रोजगार सिर्जना र शिक्षामा हुने उल्लेख गरे । हरेक घर परिवार तथा युवाहरुलाई रोजगार सिर्जना गर्नका लागि ठूला बिकास आयोजनाहरुको सुरुवात, औद्योगिक क्षेत्रको बिकास, कृषिलाई आधुनिकी करण तथा प्राविधिक शिक्षालाई जोड दिइने उनले बताए ।
कार्यकर्ताहरुसँगको छलफलमा बोल्दै एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ ‘१’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनावद्ध बिकासका लागि विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गरे । विगतमा आफूले सुरु गरेका योजनाहरुलाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै ती योजनाहरु पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने दाबी गरे । यहाँको पर्यटकीय क्षेत्रको बिकास, खेलकूद क्षेत्रमा पूर्वाधार निर्माण, प्राविधिक शिक्षामा लगानी लगायतका मुद्दाहरु आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।
प्रतिक्रिया