ताजा अपडेट »

ब्राजिलमा राष्ट्रपतिमा विजयी भएपछि सिल्भाले गरे शान्ति र एकताको आह्वान

सोमबार, १४ कार्तिक २०७९

रियो दि जेनेरियो । ब्राजिलमा राष्ट्रपतिमा निर्वाचत लुइज इनासियो लुला दा सिल्भाले तीतो रूपमा विभाजित ब्राजिलमा  “शान्ति र एकता“को लागि आह्वान गरेका छन् ।  देश अब अन्तर्राष्ट्रिय  रुपमा बहिस्कृत नरहेको बताउँदै  जीवित अमेजनको आवश्यकतालाई प्रकाश पारे ।

स्थायी युद्धको अवस्थामा विभाजित राष्ट्रमा बस्नु कसैको हितमा छैन,“ ७७ वर्षीय वामपन्थीले अति दक्षिणपन्थी जैर बोल्सोनारोलाई पराजित गरेपछि विजयी भाषणमा भने । आफूलाई मतदान गर्ने मात्र नभई २१५ ब्राजिलियनहरुलाई सेवा गर्ने उनले प्रतिबद्धता जनाए ।

भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए । तथापि उनको लोकप्रियता खासै खस्किएको थिएन जुन पछिल्लो मत परिणामले देखाएको छ ।