पुस २,
ग्लोबल आवाज
बुटवल । प्रदेश नम्बर पाँचका प्रवक्ता बैजनाथ चौधरीले प्रदेश राजधानी कुन ठाउँमा रहने भन्ने विषय प्रदेश ३ ले तय गर्ने स्थानसँग आधारित रहने उल्लेख गरेका छन् । प्रदेश ३ को राजधानी हाल रहेको हेटौडामा नै रहेको अवस्थामा प्रदेश पाँचको पनि बुटवल नै एथावत रहन सक्ने आधार बलियो रहेको उनले बताए ।
प्रदेश पाँचका भौतिक तथा पुर्वाधार विकास मन्त्री समेत रहेका चौधरीले स्थायी राजधानी तोक्नका लागि कुनै पनि प्राविधिक समस्या नरहेको बताउँदै राजनीतिक कारणले गर्दा ढिला भएको बताए । रिपोर्टस क्लब प्रदेश पाँचले बुधबार बुटवलमा आयोजना गरेको साक्षत्कारमा बोल्दै मन्त्री चौधरीले चुनावका बेला नेताहरुले आफु अनुकूलका स्थानहरुमा राजधानी रहने प्रतिबद्धताका कारण समस्या भएको बताए । राजधानी तोक्नका लागि सहमती नजुटेको अवस्थामा दुई तीहाईको बहुमतले निर्णय गरिने बताउँदै उनले त्यो अवस्थामा राजनीतिक पार्टीको ह्वीप समेत नलाग्ने प्रस्ट पारे ।
एक फरक प्रसङ्गमा मन्त्री चौधरीले कृषि अनुदानमा भएको अनियमितताका दोषी जो कसैलाई पनि नछाडीने बताएका छन् । ‘कृषक, कर्मचारी वा जनप्रतिनिधी जो कोही भए पनि कारबाही हुन्छ ।’ उनले भने । यसैगरी मन्त्री चौधरीले विकास निर्माणका काममा गुणस्तराई ध्यान दिएर काम गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । ठेक्का लियर समयमा काम नसक्ने तथा गुणस्तरहिन काम गर्ने कसैलाई पनि छुट नभएको प्रस्ट्याउँदै उनले गुणस्तरिय कामका गर्नका लागि जोड दिए । गतवर्ष उत्कृष्ट निर्माण व्यसायी छनोटका लागि खोजीगर्दा एउटा पनि राम्रा काम गरेका व्यवसायी नभेटिएको उल्लेख विगतमा जे भएपनि अब सच्चिएर काम गर्न आग्रह गरे ।
‘गत आर्थिक वर्षमा सक्नुपर्ने काम नसकेकाहरुका लागि यस आवको जेठ मसान्त सम्मका लागि समय दिएका छौं ।’–उनले अघि भने ‘त्यो अवधिमा पनि काम नसक्ने निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राखिन्छ, उनीहरु सकिन्छन् ।’ विकास निर्माणका काम गर्दा आफूलाई आथिल्लो स्तरबाट राजनीतिक दबाव समेत आउने गरेको बताउँदै उनले कसैको कुरा पनि नसुनेर गुणस्तर र नियमलाई पालना गर्ने बताए ।
प्रतिक्रिया