काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । गत सोमबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भैरहेको छ।
आज तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा १२ रुपैयाँले घटेर एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया