पुस २,
ग्लोबल आवाज
पाल्पा । पाल्पाको रैनादेवी छहराका ७८ वर्षीय यमलाल कोईरालाले अहिले पनि सुन्तला बगैचाको स्याहार सुसार गरेर दिन बिताउन्छन् । कोईरालाले ३६ वर्ष अघि आफ्नो बारीमा सुन्तला लगाउँदा उनलाई सबैले नराम्रो भने । अन्न उत्पादन गर्ने बारीमा सुन्तला लगाएर के गर्न खोजेको सबै गाउँलेले उनलाई यस्तै भन्थे । ‘आफ्नो बारीमा सुन्तला लगाउदा गाउँमा कहिकतै सुन्तला थिएन, त्यो समय सम्झँदै कोईराला भन्छन् –‘सुरुवातमा सबै गाउँलेको नराम्रो भए, जब मैले सुन्तला बिक्रिबाट राम्रो कमाई गर्न थाले तब बल्ल अन्य छिमेकीले पनि मेरो सिको गर्न थाले ।’
२०४० सालबाट सुन्तला खेती थालेका कोईरालाले पहिलो वर्ष सुन्तला विक्रिबाट ८ हजार आम्दानी गरे । दोस्रो वर्ष २० हजार । क्रमश प्रत्येक वर्ष सुन्तला विक्रिबाट उनको आम्दानी बढ्दै गयो । ‘सुरुवातमा सुन्तला लगाउँदा मलाई नराम्रो भन्ने छिमेकीले जव मैले सुन्तलाबाट आम्दानी गर्न थाले तब भन्थे, –उनले विगत सम्झँदै भने, – ‘सुन्तला लगाएर यसले पो राम्रो ग¥यो ।’ अहिले उनको बारीमा ५ सय बढी सुन्तलाका बोट छन् । बार्षिक ५ लाख भन्दा बढी सुन्तलाका दाना र बिरुवा बेचेर आम्दानी गर्छन् । अहिले यो ‘गाउँका ४५ बढी घरपरिवारले आफ्नो बारिभरी व्यवसायिक सुन्तला खेती गरेका छन् ।
गाउँका प्राय प्रत्येक घरमा १ सय देखि ५ सय सम्म सुन्तलाका बोट रहेका छन् । प्रत्येक घरबाट २ लाख देखी ८ लाख रुपैयाँ सम्मको सुन्तला निर्यात हुँदै आएको रैनादेवी छहरा ४ का कमल प्रसाद घिमिरे बताउछन । किसानहरुले यसवर्ष पनि सुन्तला विक्रि गर्न शुरु गरेका छन् । यो वर्ष मात्रै रैनादेवी छहराको अमलाबास गाउँबाट वार्षिक १ करोड रुपैयाँ बराबरको सुन्तला निर्यात हुने सम्भावना रहेको सोही गाउँकी किसान गिता घिमिरे बताउछिन । गाउँमा महिला समुह नै गठन गरेर सुन्तला खेतिमा आबद्ध भएका छन । महिलाहरु समेत घरयासी खर्च केटाकेटी पढाउन र आफहरुलाई आवश्यक सामर्गी किन्न यस्तै व्यावसायबाट पैसा निकाल्ने गरेका सुन्तला किसान यमकला न्यौपानेको भनाई छ ।
पछिल्लो समयमा देशमा रोजगारीको अवसर कम देखि विदेशिने युवाको संख्या बढ्दो छ । तर यहाँका किसानहरु भने मेहनत गर्ने हो भने आफ्नै गाउँ ठाउँमा राम्रो कमाई गर्न सकिने उदाहरण बनेका छन् । अहिले यतिबेला पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँ पालिका भित्रका अधिकांस किसानहरु का बारिका पाटा सुन्तला पाकेर पहेलपुर बनेको छ । अन्य खेतीपाती भन्दा सुन्तला खेतिबाट राम्रो आम्दानी हुन थाले पछी सुन्तला खेती तर्फ पाल्पाका किसानहरु आर्कषीत बनेका हुन । अहिले सुन्तलाबाट राम्रो आम्दानी हुन थाले पछि प्रत्येक घरका बारीमा सुन्तला बाट आम्दानी लिन थालेका छन ।
यहाँ उत्पादित सुन्तला तानसेन, वुटवल, भैरहवा, पोखरा लगायतका सहरमा निर्यात हुँदै आएको छ । पश्चिम पाल्पाका पालुङमैनादी मुझुङ छहरा सोमादी भुवनपोखरीसँगै पुर्वी अर्घाखाँचीका कृषकहरु प्छिल्लोे समयमा सुन्तला खेती प्रति आर्कषण देखिनुका साथै सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न समेत सफल बनेका छन । स्थानीय सरकारले सुन्तला किसानहरुलाई उचित अनुदान र प्राविधिक ज्ञान दिन सके पाल्पाका किसानहरु सुन्तलाबाट आत्मनिर्भर संगै व्यवसायीक सुन्तलामा लाग्न थप हौसाल मिल्ने देखिन्छ ।
प्रतिक्रिया