भैरहवा । राप्रपाका लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष प्रदीप उदयले गृहमन्त्री बालकृष्ण खाँणले पदीय दुरुपयोग गरेको बताएका छन् ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सभा सदस्य निर्वाचन प्रचार-प्रसार कार्यलय वडा नं १२ को उद्घाटन कार्यक्रममा बोल्दै उदयले गृहमन्त्री आफै प्रतिनिधी सभा सदस्य क्षेत्र नं ३ का उम्मेदवार भएर चरमरुपमा पदीय दुरुपयोग गरेको बताए ।
चुनाव प्रचारकालागि सादा पोसाकका दर्जनभन्दा बढी प्रहरी परिचालन गर्नु पदिय दुरुपयोग हो उदयले भने, आफै उम्मेदवार भएपछि सरकारी सेवालाई दुरुपयोग गर्नु जनतालाई दुखः दिन मिल्दैन ।
सत्तारुढ गठबन्धनको सरकारले ब्यापारीलाई निरन्तर दुखः दिएको, ब्यापारी सामु बैँकको ब्याजदर घटाइदिने आश्वासन दिएको तर नीतिगतरुपमा ब्याजदर बढाउँदै गएको आरोप लगाए । नेता उदयले गृहमन्त्री खाँणले स्थानीयसंग मत माग्ने बाहानामा गौतमबुद्ध बिमानस्थलमा जागिर लगाइदिने आस्वासन दिएर भोट मागेको तर,, भएको अन्तर्राष्ट्रिय उडानमा कटौति गरेको बताए ।
विकासलाई भौतिक र सामाजिक दुबै किसिमले अगाडि बढाउने राप्रपाका बरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य क्षेत्र नं.३ का उम्मेदवार दिपक बोहराले क्षेत्रको विकासका लागि एडिबी, कृषि, बिमानस्थलको स्तर बृद्धि,विशेष आर्थिक क्षेत्र सेज, सिंचाई,शिक्षामा बिभिन्न कार्यक्रमहरु ल्याएको बताउँदै बाँकि रहेका केही कामहरु निरन्तरता दिनेमा प्रयासरत रहेको बताए ।
'हामीले गरेका प्रयास र दीर्घकालिन योजनालाई थप व्यवस्थित गर्नेगरी हामीले आफ्ना योजना अगाडि सार्नेछौं । 'उनले भने ।
प्रतिक्रिया