ताजा अपडेट »

चीनले स्वदेशमै बनेको विमानबाहक युद्धपोत सञ्चालनमा ल्यायो

बुधबार, ०२ पुस २०७६

पुस २,

काठमाडौँ । चीनले स्वदेशमै बनेको पहिलो विमानबाहक युद्धपोतलाई सञ्चालनमा ल्याएको छ ।मंगलबारदेखि चीन आफैंले बनाएको ‘सानडोङ’ नामक विमानबाहक युद्धपोत औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

राष्ट्रपति सि जिङफिङले एक कार्यक्रमबीच साङडोङ चिनियाँ जनमुक्ति सेनालाई हस्तान्तरण गरेका थिए । सीले चिनियाँ झण्डा र युद्धपोतको नामसहितको सर्टिफिकेट जहाजका कप्तान र राजनीतिक कमिसारलाई हस्तान्तरण गरेका थिए ।राष्ट्रपति सिले विमानबाहक युद्धपोत बनाएर नयाँ र महत्वपूर्ण उपलब्धी हासिल गरेको बताएका छन् ।

सानडोङ चिनियाँ जलसेनाको दोस्रो विमान बाहक युद्धपोत हो । चीनले पहिलो युद्धपोत लियाओनिङ युक्रेन सरकारबाट सन् १९९८ मा खरिद गरेको थियो ।- एजेन्सी