भैरहवा । साँझ ढल्किदै थियाे, आकाशमा ताराहरु चम्किदै थिए । बजारमा देउसी-भैलाेमा रमाउनेहरुकाे स्वर र मादलकाे ताल घन्किँदै थियाे ।
एक्कासि आवाज आयाे, " हातमा औजार हुनेहरु औजार लिएर उठ, हातमा हलाे हुनेहरु हलाे लिएर उठ, देशकाे विकास गर्नलाई दिपक बाेहाेरालाई भाेट…."
सुन्दा पार्टी आवद्ध कलाकारले तयार पारेकाे चुनावी गीत झै लाग्ने उक्त आवाज सुनेपछि देउसी-भैलाे हेर्न बजारतिर निस्किएकाे याे समाचारदाता सहितकाे टाेलि आवाज पछ्याउदै जाँदाभैरहवाकाे खजहना टाेलस्थित बाेहाेरा निवासकाे माहाैल हेर्दा आश्चर्यमा पर्याे ।
सयाै मानिसहरुले खचाखच पूर्वमन्त्री बाेहाराकाे निजी निवासकाे कम्पाउन्ड भित्र र,सडकमा समेत देउसी-भैलाे हेर्न आएकाहरुले एक स्वरले हुटिङ गरिरहेका थिए । देउसी-भैलाेमा सहभागी एकजना कलाकारले गितार बजाउदै सुमुधुर श्वरमा गाएकाे सुन्दा उपस्थित सबै छमछमी नाचिरहेका थिए ।
नेपथ्य ब्यान्डकाे कलाकार अमृत गुरुङकाे सुमुधुर स्वर शैलिमा आवाज घन्किरहेकाे थियाे । गाउँ-गाउँबाट उठ, बस्ती बस्तीबाट उठ।
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ।
यो देशको मुहार, फेर्नलाई उठ।
यो देशको मुहार, फेर्नलाई उठ।
भैरहवाकाे विकास गर्नलाई दिपक बाेहाेरालाई मत
विकास र शान्तिकाेलागि हलाेमा भाेट…
शुक्रबार साँझ भैरहवाकाे महाैल नै फरक बनाईरहेकाे थियाे उक्त देउसि भैलाे टिमले । खजहनास्थित दीपक बाेहाेराकाे घरमा देउसी-भैलाे खेल्न आउने शुभचिन्तकहरुकाे लाईन पनि हेर्न लायक थियाे । बाेहाेरा निवासकाे ठुलाे कम्पाउन्ड भित्र नअटाएकाहरु पश्चिमकाे निर्वाणा हाेटल सडकमा समेत भित्र छिर्ने लाईनमा थिए । उक्त घरमा याे पटक मात्रै नभएर विगत ५ दशकदेखि नै देउसी भैलाे खेल्न आउनेहरुकाे उत्तिकै लर्काे नै हुने गर्दछ । दिपककाे बुबा पन्चायतकालमा समाज सुधारकका रुपमा परिचित बडाहाकिम प्रतिमान बाेहाेरा हुन् ।
प्रतिमानका माहिला छाेरा दिपक बाेहाेरा हुन् । बुटवल सिद्धबाबा तानसेन सडककाे ट्रयाक खाेल्ने, भालुवाङ - प्युठान सडक ट्याक खाेल्ने र विभिन्न ठाउमा विद्यालय खाेल्ने काम गरेर नेपालकाे सडक र शिक्षामा विशेष याेगादन गरेका छन् । प्राज्ञ उन्नति बाेहाेरा शीलाकाे श्रीमान समेत रहेका दिपक बाेहाेराकाे घरमा हरेक बर्ष हुने देउसी-भैलाे ऐेतिहासिक हुने गर्दछ ।
अर्का स्थानीय सफिक अहमद भने, " हरेक बर्ष यस्तै रमाईलाे हुन्छ , देउसि भैलाे हेर्न चाहने छिमेकिहरु पनि मन्त्री ज्युकाेमा रातभर भैलाे नाच हुने भएकाेले सधै झै आउने गर्छाै ।" बाेहाेरा निवासमा शुक्रबार साझ ६ बजेदेखि भैलाे नाच हेरेर बसेका छिमेकि रामु शर्माले भने ।
आमा समूह, विभिन्न क्लबहरु, विभिन्न संघसंस्था , सन्चार संस्था, विभिन्न दलका भातृसंगठनहरु थरि-थरिका जातजातिका पाेशाक, थरिथरिका ब्यानर र थरिथरिका मान्छेहरुकाे देउसि भैलाे खेल्नेहरुकाे टिमसंग नाचिरहेका थिए दिपक बाेहाेरा । उनकाे हसिलाे अनुहार र सबैसँगकाे चिनजान गर्ने पुरानाे शैलीप्रति सबै दङग देखिन्थे । " दिपक बाेहाेरा शुक्रबार साझदेखि अबेर रातिसम्म निरन्तर देउसि भैलाेकाे टिमसँगै नाचगानमा मज्जाले नाच्ने रमाईलाे गर्ने गर्नुभयाे । बाेहाेरा निवासमा शुक्रबार साझकाे समय अत्यन्तै उत्साहबर्द्धक थियाे " स्थानीय समेत रहेका पत्रकार रवि पन्तले भने ।
हामी छेउमै बसेर त्यहाकाे माहाैल नियालि रह्याै । साझ ५ बजेदेखि राति १० बजेसम्म निरन्तर भैलाे टिमसंगै नाचगानमा सहभागी भएर शुभकामना आदान प्रदान गरेकाे बाेहाेराका सचिवालयका सदस्य शंकर खत्रिले बताए ।
खत्रिले भने, " हरेक बर्ष यस्तै रमाईलाे हुने गर्दछ । तर यसपटक मन्त्री ज्युकाे परिवारका सदस्य ,पाटिकानेता हरु समेत देउसि भैलाेका सबै कार्यक्रममा नाच्ने गाउनेगरि सहभागी भईदिदा सबै दङ्ग भए, खुसि भए । " देउसि भैलाे नाचिरहदा एउटा समाजिक संस्थाका करिब ३५/४० जना किशाेर तथा युवा युवतिकाे टिमकाे प्रस्तुति भने गज्जब लाग्याे ।
बाेहाेरा २७ बर्षकै युवा अवस्थामा मन्त्री भएर काम गरेका लुम्बिनी प्रदेशकै चर्चित नेता हुन् । पश्चिम तराईकाे रुपन्देहीमा खानेपानि र सिचाँईकाे समस्या समाधान गर्ने नेपालकै चर्चित भैलुभुज आयाेजना शुरुवात गराउने बाेहाेरा भैरहवाकै स्थानिय बासिन्दा समेत भएकाेले उनी सत्तामा छदा वा नरहदा जहिले पनि हरेक चाडपर्वमा उनकाे निवासमा आम सर्वसाधारणकाे भिड नै हुने गर्दछ ।
आसन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपा, एमाले र जसपाकाे साझा उमेदवारकाे रुपमा चुनावी मैदानमा रहेका बाेहाेरा निवासपछि हाम्राे टिम अर्का उमेदवार बालकृष्ण खाणकाे निवासतर्फ गयाै । चुनावी प्रयाेजनकाेलागि प्रभातपथ भैरहवामा केही हप्ता अगाडि घरभाडा लिएर बसेका कांग्रेस नेता खाणकाे निवासमा पनि देउसि-भैलाे खेल्नेकाे संख्या धेरै नै थियाे तर बाेहाेराकाे जस्ताे धेरै भने देखिएन । खाणकाे निवासमा आम मान्छे भन्दा प्रहरी कर्मचारि धेरै देखिए । बाेहाेरा देउसिभैलाेकाे टिमसँगै खुलेर नाचिरहेका थिए भने खाणकाे अघि-पछि हिँड्ने सेक्युरिटिले जनतासँग घुलमिल हुन मुश्किल बनाईरहेकाे थियाे । खाण निवासमा भेटिएका एकजना भैलाे नाच्ने भैरहवाकै स्थानियले भने " यहाँ त पुलिसै-पुलिसले छेक्ने रहेछ, डरै-डरमा पनि के भैलाे खेल्नु "
बाेहाेराकाे घरमा परिवारसहित पार्टीका जिल्ला नेताहरु बसेर देउसि भैलाेमा सहभागी थिए भने खाणकाे घरमा बालकृष्ण खाण र सिमित कार्यकर्ता मात्रै थिए । न त्यहा परिवारका सदस्य थिए नत पार्टीकानेताहरु थिए त केबल नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी । खाणकाे स्थायी घर मणिग्राम हाे । उनी पहिलाेपटक निवार्चनकाे संघारमा भैरहवामा घर भाडामा लिएर बसेका छन् । निर्वाचनकाे समय भएकाेले उमेदवारहरुकाे कार्तिकेदान मार्फत खर्चकाे दर पनि हवात्तै बढेर गएकाे छ ।
प्रतिक्रिया