दिगाम । गाउँमा पुग्दा युवाहरूले भन्छन ‘भिसा लागेको छ देश बिग्रन्छ भनेर घर समेत बिगारेर गाउँमेै बसम कि घर बनाउन देश बिगारेर बिदेश तिर पसम ?’ आगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन हुँदै छ । आगामी ५ वर्षे कार्यकालका लागि मुलुकका लागि सक्षम अनि ईमान्दार प्रनिधि छनो गर्ने अवसर हो मंसिर ४ । तर, मुलुकमा व्याप्त बेरोजगारी तथा आर्थिक संकटका कारण हरेक युवाहरुले यहि प्रश्न एजेन्डाको रुपमा तेर्साएका छन् ।
नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नंं १ प्रदेश ख का उम्मेदवार फर्सुराम पाण्डे यतिबेला चुनावी अभियानमा छन् । निर्वाचनको माहौल बनाउन आफू उठेको क्षेत्रको गाउँ गाउँमा पुग्दा खासै युवाहरु नभेटिने र भेटिएका युवाहरु पनि चरम बेरोजगारीले पिल्सिएको पाउँदा पाण्डेको मन भत्भती पोलेको छ । त्यसै त रित्ता गाउँहरु बुढा बा–आमाले कुरीरहेका छन् र कताकति युवाहरु त्यसमा पनि बेरोजगारीको कहालीलाग्दो अवस्था । हरेक गाउँ र हरेक ठाउँका पीडा एउटै छ, बेरोजगारी समस्याको रुपमा छ रोजगारीका लागि युवा बुढा बा आमा र परिवारलाई छाडेर विदेशीएको छ उनले भने ।
मैले सबै युवाहरुलाई रोजगारी दिन त सक्दिन तर एकदमै अप्ठयारो अवस्थामा रहेका दुई चार सय युवालाई रोजगारी दिन सक्छु उनले भने । त्यसोत यतिबेला पनि उनले सन्चालन गरेका ओैद्योगिक प्रतिष्ठानहरुमा ठूलो सँख्यामा गुल्मेली युवाहरुले रोजगारी पाएका छन् । मुख्यतः गाउँ घरमा साना उद्योगधन्दा, कुटिर उद्योग चलाएर स्वरोजगार बनाउनेतर्फ उनको अभियान छ र उनको आफ्नै मशिनरी उधोगमा स साना उधोगका मशिन बन्छन र गाउँमा सीपसँगै ती मशिनको उपयोग गर्दै महिला र युवाका लागि स्वरोजगार सिर्जना र उत्पादनलाई बजारीकरण गर्न आफूले निर्वाचन जितेपनि र हारेपनि लागिपर्ने प्रतिबद्धता उनले व्यक्त गर्छन ।
विगत पच्चीस वर्षको देखि उद्यमशिलताको विकासमा स्वरोजगार कसरी बनाउने भन्ने अभियानमा लागेका फर्सुराम पाण्डे स्थानीय स्रोत साधनको समुचित प्रयोग गरि सयौँ उधोग स्थापना गरेको अनुभव छ र त्यसैले पनि उधमसिलताको विकास, युवाहरूका लागि स्वरोजगारको निकास उनको अभियान छ । वि.सं. २०४२ सालमा पार्टीको सांगठनिक सदस्यता प्राप्त गरि अभानेस्ववियुको दिल्ली नगर कमिटिको सचिवबाट आफ्नो राजनैतिक जीवन सुरू गरेका पाण्डे त्यसयता निरन्तर पार्टीको विभिन्न विभागमा रहेर काम गरेको अनुभव राख्छन ।
२०४८ सालको आम निर्वाचनमा पार्टीको जनसांस्कृतिक अभियानको नेतृत्व गर्दै लुम्विनी र गण्डकी क्षेत्रमा प्रचार प्रसारको काम गर्नुभएका पाण्डेले २०५४ सालमा नेपालगञ्ज महाधिवेशनमा पार्टी विभाजनको प्रतिकार गर्दा माले समूहबाट अपहरण र कुटपिट समेत सहेको स्मरण गर्छन । गुल्मी काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षको भूमिका निर्वाह गरेका उनी पाण्डे अहिले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, केन्द्रिय सम्पर्क समन्वय कमिटिको सदस्य, लुम्विनी प्रदेश कमिटी सदस्य र पार्टीको उद्योग व्यवसायीवीचको संगठन नेपाल राष्ट्रिय बाणिज्य संघको केन्द्रिय महासचिव हुन ।
लायन्स क्लव गुल्मीको अध्यक्ष भैसकेका पाण्डे गुल्मीलाई सेवा क्षेत्र मानेर हजारौं मानिसको आँखाको शल्यक्रिया र उपचार गराएर गुल्मेली जनतालाई सेवा गरेका छन। सामाजिक सेवाकै क्रममा उनले आगलागी, बाढी पहिरो तथा विपदका अन्य घटनामा प्रभावित भएकाहरूको उद्धारका लागि तन, मन र धनले सहयोग गरेका छन ।
प्रतिक्रिया