ताजा अपडेट »

तिहारमा चार जनामा कोरोना संक्रमण

विहीबार, १० कार्तिक २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अर्थात् तिहारको दिनमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५४ जनामा गरिएको नमुना परीक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ६२२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।