कुनै पनि प्राणीको जीवन सोचे जस्तो सरल र पूर्ण छैन । त्यसैले त संघर्ष निरन्तर चलिरहेका छन् । जीवनलाई पूर्ण बनाउन सम्पूर्ण प्रयास र अभ्यास गर्दागर्दै पनि अपूर्ण हुन्छ । त्यसपछि मानिस निरास हुदै नयाँ कुराको योजना बनाउदै फेरि डढेलो लागेको जीवनमा हरीयाली बनाउने कार्यमा तत्लिन हुन्छ र मात्रै यो दुनीयाँ जीवन्त छ । जीवनको परिभाषाले स्पष्ट भनेको छ आफ्नो जीवनका प्रिय पात्रको संयोग र वियोगमा पनि मन थामेर अगाडि बढ्न तयार रहनु पर्ने भएकोले जीवन संघर्ष हो । नेपाली कला साहित्यमा नारीलाई साक्षात ईश्वरको नाममा पुज्ने प्रचलन रहेको छ । यद्यपी देशमा गणतान्त्रिक शासन व्यवस्थाको अभ्यास भएपछि नेपाली संस्कार र संस्कृतीमाथि निर्मम प्रहार भइरहेका छन् ।
हामीले हाम्रो जीवनका केही घटना वा दुर्घटना चाहेर पनि नकार्न र भुल्न सक्दैनौं किनकि त्यहा आत्मियता जोडिएका हुन्छन् । जीवनका तीता अनुभव र घटना अन्य समयमा भन्दा धेरै घर परिवारमा विशेष कार्यक्रम हुँदा र चाडपर्वका समयमा आउने गर्दछन । यसका कारणले घरपरिवार मन खुलाएर रमाइलो गर्न सकिरहेका हुदैनन् । कुनै घरमा कुनै समयमा अकल्पनीय दुर्घटना भएको छ भने त्यसपछि त्यो घर सुनशान र मरभूमि जस्तै हुन्छ । यस्तै घटना मेरै जीवनमा पनि परेकाले अनुभव साटेर मन हलुका बनाउदै छु ।
प्रिय साननानी तिमिले छाडेर गएको धेरै वर्ष भयो । कहाँ के गर्दैछौं ? कुनै खबर पठाउदिनौं तर कुनै न कुनै रुपमा तिमी मेरै वरिपरि घुमेकिछौं र त सबैकुरा देखेर नि बोल्दैनौं । भन्ने विश्वास छ । तिमिले छाडेर गएपछि घरमा ओैपचारिकताका लागि मात्रै पर्व आउछन् । सबै पर्वको सामाजिक सास्कृतिक महत्व बुझ्दै जादा अझ बढि मनमा गाठो परेर आउँछ । म तिम्रो तस्बिर मस्तिष्कमा कैद गरेर राखेको छु ।जुन यो दुनियाँलाई देखाउन सक्दिन । गाउँमा सबैका दिदीबहिनी तिहारको बाहनामा माईति सम्झेर आईरहेका छन् ।
तिनिहरुको बोलिले मलाई हृदयमा गहिरो प्रेसर दिन्छन् । टिकाको साहितमा दिदिबहिनी गुमाएको मान्छे देखे नराम्रो हुन्छ भनेको वचन १० वर्ष पहिले सुनेको थिए तर हरेक वर्ष तिहार आउँदा त्यो दिनले मलाई फेरि तर्साउछ । भगवानको लिला संयोग तिमी छिटै महाप्रस्थानको यात्रा हिड्यौं । तिमी हामीबाट छुटिएपछि दशै त कुलपुजाको बाहनाले गर्दा जसोतसो टर्छ सानी तिज र तिहार भक्कानिएर नै कटाउने गरिएको छ ।
सबैका दिदीबहिनीले दाजुभाइ पुजेर टीका र माला लगाई दिएको त्यो क्षण देख्दा मन थाम्न सक्दिन र कोठामा चुक्कुल ठोकेर रुन्छु । दैवले मेरो जिवनमा त्यो उमंग देख्न चाहेन र तिमिलाई म बाट चुडेर लग्यो । छोरी नभएको घर भनेर दुनियाँले बोल्ने शब्द सुन्दा जीवनमा पटक पटक भुकम्पका पराकम्पन आए जस्तो हुन्थ्यो । तर तिम्रो स्वर्गीय बसाईमा कुनै अवरोध आउँछ कि भनेर केही प्रतिक्रिया नदिई बस्ने गर्दछु । गाउँका अग्रजहरुले चाडपर्व आएको कुरा छोरीचेलीको सक्रियताले संकेत गर्दछन् भन्छन हामीलाई सधैंभरी त्यो क्षणको कल्पना समेत आउन सकेन । बाल्यकाल कसरी बित्यो पत्तो भएन किशोरावस्था र वर्तमान व्यवस्क अवस्थामा बिछोडको पिडाले मन भतभति पोलिरहेको छ ।
यसमा मलम पट्टि गर्नका लागी भनेर अहिले तिम्री भदैनी आएकि छन जसले घर उज्यालो भएको छ । त्यो तिमिले पनि देखिरहेकि छौं । हामीलाई विश्वास छ तिमीले हामीबाट तिम्रो याद कम गर्नका लागी नै भदैनी पठाएकी हौं । अबका दिनमा मनमा केही ढाडस मिल्ने आसा छ । सानी तिमीलाई पनि त त्यहाँ नरमाइलो होला तिज , दशै तथा तिहारमा एक्लोपनको महशुस गरेकै छौं ? जीवन हो कहाँ कहिले के हुन्छ कुनै पत्तो नहुने रहिछ । नआतिनु है अर्को जुनिमा यो जुनिको समेत रमाइलो गरौला ।
प्रिय सानसानी म बाचेको नेपाली समाजको स्वभाव र व्यवहार बडो अजिवको छ जोसँग जुन कुरा छैन त्यसैलाई लिएर अनेक प्रश्न उनिहरुलाई नै सोध्ने गर्दछ । मानिसलाई जुन घटना वा परिवेशले बढि पीडा र यातना दिने गर्दछ । सोको बारेमा अनेक टिप्पणी गरिरहनु पनि एक प्रकारको मनोरोग हो । हिन्दु धर्म सस्कारमा नारीको सम्मान र महत्वलाई अत्यधिक महत्वका साथ स्थान प्रदान गरिएको छ ।
यसैबीच वर्तमान नेपाली समाजमा छोरी हेलाकी पात्र भएकी छन् । हामीलाई विश्वास छ तिमी रहेको ठाँउमा त्यस प्रकारको कुनै लैङ्गिक विभेद पक्कै छैन । किनकी अकल्पनिय हिशाबले त्यहाँ जाने प्रयाय सबै मानिसहरु सबैका प्रिय नै हुने गर्दछन् । जब तिज र तिहार आउछ हरेक रात सपनीमा तिमी र म सँगै हुन्छौं । १२ महिनाहरु मध्ये भाद्र, असोज र कात्तिक मेरालागी क्यालेण्डरको पाना फेर्ने महिना मात्रै हुन । तिमी जस्तो सुकै अवस्थामा रहे पनि हाम्रै हितको कामना गरिरहेकीछौं भन्ने दृढ विश्वासका साथ हार्दिक श्रद्धासुमन साननानी !!!
प्रतिक्रिया