ताजा अपडेट »

स्वतन्त्र अभियान कति सफल कति असफल ?

मंगलबार, ०८ कार्तिक २०७९

गत बैशाखा ३० मा सम्पन्न स्थानीय तहको चुनाबमा काठमाण्डौं, धरान, धनगढ़ी लगाएतका केहि स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेद्वारहरु बिजयी भए । त्यसपछि, अहिलेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उमेद्वारी दिनेको संख्या ह्वात्तै बढेको छ । केहि उमेद्वारहरुले लामो तयारि गरेर योजनासाथ आएको देखिन्छ । अधिकांशले क्षणिक आबेगमा वा राजनैतिक दलहरुले टिकट नदिएको प्रतिक्रिया स्वरुप उमेद्वारी दिएका छन् । प्रस्तुत आलेखमा स्वतन्त्र उमेद्वार र उनीहरुको भविष्यका विषयमा विबेचना गरिएको छ ।

स्वतन्त्र उमेद्वारहरुको चर्चा गर्दा सबै भन्दा पहिला स्वतन्त्रको अर्थ बुझ्न अनिवार्य हुन्छ । स्वतन्त्र शब्द स्व(आफ्नो)+तन्त्र(सिद्धान्त वा नियम) मिलेर बनेको हुन्छ । यसबाट के प्रष्ट हुन्छ भने आफ्नो सिद्धान्त वा नियम अनुसार चल्नुलाई स्वतन्त्र भानिन्छ । अर्थात कुनै पनि दलको अनुशासन बिचार, सिद्धान्त आदिबाट बिमुख हुनु राजनैतिक रुपमा स्वतन्त्र हुनु हो । तर, नेपालमा निश्चित दलको परिधिभित्र बसेर आफूलाई स्वतन्त्र बताउने प्रचलन पनि देखिन्छ ।

बहुदलीय (multi-party) ब्यबस्था रहेका मुलुकहरुमा स्वतन्त्र उमेद्वारहरु चुनाबमा उठ्नु र बिजयी हुनु सामान्य प्रक्रिया हो । यद्यपी कतिपय मुलुकहरुमा स्वतन्त्र उमेद्वार बन्न नपाईने ब्यवस्था पनि गरिएको छ । तर, लोकतान्त्रिक प्रणालीमा आफूले चाहेको दल रोज्न वा नरोज्न स्वतन्त्र हुनु पर्छ भन्ने आम स्थापित मान्यता रहेको छ । त्यसैले स्वतन्त्र उमेद्वार बन्नु र छिटफुट रुपमा जित्नु सामान्य प्रक्रियाका रुपमा लिनु पर्दछ ।

स्वतन्त्र उमेद्वार हुनु स्वाभाविक हो । तर, के कारणले मानिसहरुलाई स्वतन्त्र हुन प्रेरित गरेको हुन्छ भन्ने विषयमा बहस हुन जरुरी छ । आखिर मानिस किन स्वतन्त्र हुन्छ ? हाम्रो देशमा आफू आबद्ध पार्टीले चुनाबमा टिकट दिएन भने स्वतन्त्ररुप उमेद्वारी दिने प्रबृत्तिमा बढोत्तरी हुदै गएको छ । यो चरम अवशरबादको पराकाष्ठा हो । यो अवसरबादको कुनै कारण नहुनेहुँदा यहाँ चर्चा गर्नु समेत बान्छनीय हुदैन ।
दुनियाभर बहुदलीय प्रणालीमा स्वतन्त्र उमेद्वारहरुको उपस्थिति देखिन्छ । मुलधारका राजनैतिक दलहरु बिरोधि भावना(anti-party sentiment) मुलरुपमा स्वतन्त्रहरुको उर्भर भूमि हुने गर्दछ । यसको अलावा आधुनिक सुचना प्रविधिमा भएको बिकासले स्वतन्त्र उमेदवारहरुलाई पार्टीको संगठन बिनापनि कम खर्चमा ठूलो संख्यामा रहेका मतदाताहरुसँग पुग्न सम्भब तुल्याई दिएकाले पनि स्वतन्त्र उमेद्वारिलाई प्रोत्साहित गरेको छ । त्यसैगरी, राजनीतिक दलहरुभित्र ब्याक्तिबाद हाबी भई लोकतान्त्रिक प्रक्रिया कमजोर हुँदा किनारामा पारिएका सक्षम तथा योग्य कार्यकर्ताहरुले समेत दल परित्याग गरी स्वतन्त्र उमेद्वारी दिने गरेको पईन्छ ।

माथि चर्चा गरीए झैँ स्वत्रन्त्र उमेद्वारका लागि बहुदलीय प्रतिस्पर्धात्मक ब्यबस्था हुनु अनिवार्य हुन्छ । समानुपातिक निर्वाचन प्रणाली भएको मुलुकमा स्वतन्त्र उमेद्वारले जित्दा, प्रभाबकारी हुन्छ वा हुदैन भन्ने बहस दुनियाभर चलिरहेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सामान्यतया कसैको पनि बहुमत नआउने हुदा, नीति निर्माण गर्ने व्यवस्थापिकामा कुनै एक ब्याक्तिको उपस्थिति प्रभाबकारी हुन नसक्ने तर्क बलियो छ । संसदीय प्रणालीमा ऐन, कानुन आदि निर्माण संसदले गर्ने र त्यसको लागि बहुमत सदस्यको समर्थन अनिवार्य हुने हुँदा स्वतन्त्र ब्यक्तिको भूमिका प्रभाबकारी नहुने बिभिन्न अध्यनहरुबाट निश्कर्ष निकालिएका छन् ।

त्यसैले, विभिन्न समयमा विभिन्न मुलुकहरुमा राजनीतिक अस्थिरता, असक्षम तथा भ्रष्ट नेतृत्व आदिका कारणले राजनीतिक दल बिरोधी भावना (anti-party sentiment) का आधारमा चलेको स्वतन्त्र अभियान र मुलरुपमा कार्यकारी भूमिका नरहने संसदमा, जितेका स्वतन्त्रहरु प्रभावकारी देखिदैन । त्यसैले, कुनै निर्वाचनमा उल्लेख्य मत प्राप्त गरेका स्वतन्त्रहरु त्यसपछिका निर्वाचनहरुमा क्रमश मत संख्या घट्दै गएको देखिन्छ । तल दिईएको तथ्यहरुबाट समेत सो कुराको पुष्टि हुन्छ ।

अहिलेसम्म दुनियामा स्वतन्त्रहरुले सबैभन्दा धेरै मत प्राप्त गरेको युरोपियन मुलुक ईस्टोनियाको सन् २००९ को निर्वाचनलाई मानिन्छ । जसमा कुल खसेको मतको ३० दशमवलव ३७ प्रतिशत मत प्राप्त गरेका थिए । तर, त्यसपछिका निर्वाचन सन् २०१४ मा २० दशमवलव १८ र २०१९ मा घटेर जम्मा शुन्य दशमलव २८ प्रतिशत मत मात्र प्राप्त गरेको देखिन्छ भने, छिमेकी मुलुक भारतमा सबैभन्दा धेरै सन् १९५७ को निर्वाचनमा ४२ सिटमा जित हासिल गरेका स्वतन्त्रहरुले आफ्नो प्रभावकारिता घटाउदै सन् २०१९ मा जम्मा ४ जना मात्र बिजयी भएका छन । जस मध्येपनि कर्नाटकाबाट सुमलता अम्बारिस बिजेपी र नवनित रबि राणा, कांग्रेसको समर्थनमा चुनाव जितेका थिए. यहासम्म आईपुग्दा भारतीय राजनीतिमा स्वतन्त्र वा निर्दलीय संसद कुनै दललाई बहुमत पुर्याईदिन मत बेच्ने काममा बद्नाम भएका छन् ।

यसरि, दुनियाँका स्वतन्त्रहरु उमेद्वार र स्वतन्त्र जनप्रतिनिधिहरुको प्रभावकारिता अध्ययन गर्दा कार्यकारी भूमिकामा रहने स्थानीय तहमा केहि ठाउँमा सफल भएको देखिन्छ । तर, बहुमतको शासन हुने वा संसदले ऐन, कानुन निर्माण गर्ने र उसलाई कार्यकारी अधिकार नहुने संसदीय प्रणालीमा केहि सिटमा चुनाब जित्दैमा प्रभाबकारी भूमिका निर्वाहा गर्न सक्दैनन् । तर, स्वतन्त्रहरुले मुलधारका दलहरुलाई सच्चिन दवाब सिर्जना गर्ने तथा राज्य ब्यबस्थाप्रति नै बितृष्णा बढिरहेको अवस्थामा निरास जनमतलाई बुलेट (हतियार) आन्दोलनतर्फ जान रोकेर ब्यालेट (मतपत्र) मा नै बिश्वास राख्ने बाताबरण बनाई राख्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।