पुस १,
काठमाडौँ । मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनमाकास्की(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आज ९मंगलबार० पद तथा गोपनीयताको सपथ लिएकी छन् ।
सांसद भट्टराईलाई उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् । तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई सपथ ग्रहण गराएकी हुन् ।सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले सपथ ग्रहण गरेको संसद सचिवालयले जनाएको छ ।
सपथ ग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया