ताजा अपडेट »

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

आइतबार, ०६ कार्तिक २०७९

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।