ताजा अपडेट »

पूर्व अर्थमन्त्री पौडेललाई सञ्जालको ज्ञापनपत्र

शनिबार, ०५ कार्तिक २०७९

बुटवल। रुपन्देही जिल्लामा क्रियाशिल व्यवसायिक संघसंस्थाहरुको संजाल रुपन्देहीले शनिवार नेपाल सरिकार पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई चर्को बैंकको व्याज तत्काल हटाउन पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।

व्यवसायीक सञ्जाल संघर्ष समितिका संयोजक एवं रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले हालै नेपाल राष्ट्र बैंकद्वारा लागु गरिएको चालू पू“जी कर्जा निर्देशिका २०७९ लाई आधार मानेर बैंक तथा वित्तिय संस्थाहरुले लगानीको व्याज अचाक्ली बढाएको र त्यसबाट उद्योग व्यवसाय धारशाही बन्ने अवस्था सिर्जना भएको भन्दै त्यसलाई तत्काल फिर्ता गरि तरलताको अभाव अन्तय गर्न माग गरेको छ ।

उक्त अवसरमा पूर्व अर्थमन्त्री पौडेलले बर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन र नीजि क्षेत्रका समस्याहरुलाई सकारात्मक ढंगले सम्बोधन गर्न नसकेको भन्दै आफु अर्थमन्त्री रहँदा अर्थतन्त्रलाई बचाएर राखेको स्मरण गराएका थिए। पौडेलले बैंक तथा वित्तिय संस्थाहरुले नीजि क्षेत्रको लगानीलाई ध्वस्त बनाउने गरि अस्वाभाविक रुपमा बढाएको बैंक व्याजले समग्र अर्थतन्त्रलाई बिगार्ने हुँदा त्यसलाई समाधानका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

ज्ञापनपत्रमा बैंक तथा वित्तिय संस्थाहरुद्वारा हाल कायम गरिरहेका उच्चतम ब्याजदर तथा विभिन्न सेवा शुल्कहरु तत्काल पुनरावलोकन गर्न र चालू पूँजी कर्जा निर्देशिका खारेज गर्न जोडदार माग गर्दै व्याजदर नघटाएमा आ-आफ्ना उद्योग व्यवसायहरु बन्द गरी चरणवद्ध रुपमा आन्दोलनमा होमिन बाध्य हुने उल्लेख गरिएको छ ।