पुस १,
काठमाण्डौं । उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद विद्या भट्टराईले सपथ आज अपरान्ह १ बजे हुने भएकाे छ । पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछिन् । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सपथ गराउने तयारी भएको संसद सचिवालयले जनाएको छ ।
सभामुख नभएको बेला कसले शपथ ग्रहण गराउने भन्ने विवाद भइरहेको बेला संसदको शपथबारे नेपालको संविधानको धारा ८८ मा रहेर उपसभामुखले पहिलो पटक प्रतिनिधिसभा सदस्यलाई सपथ खुवाउन लागेकी हुन्। सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्न पाउने भन्ने संविधानको धारा ९(९४) थप स्पष्ट रहेको हुँदा त्यसलाई टेकेर उपसभामुख तुम्बाहाम्फले पद तथा गोपनीयताको सपथ दिन लागेकी हुन् ।
प्रतिक्रिया