ताजा अपडेट »

गठबन्धनका उम्मेदवारलाई जिताउन रुपन्देहीबासी गुल्मेलीले अभियान चलाउने

शनिबार, ०५ कार्तिक २०७९

बुटवल । गुल्मीका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन रुपन्देहीबासी गुल्मेलिहरुले अभियान नै चलाउने भएका छन् ।  पेशा ब्यावसाय, रोजगारी तथा अध्ययनको सिलसिलामा रुपन्देही जिल्लामा बसोबास गर्ने गुल्मेलीहरुले बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन अभियान चलाउन लागेका हुन ।

शनिवार तिलोत्तमाको योगिकुटिमा बसेको प्रतिनिधिमुलक भेलाले  क्षेत्रगत बृहत भेला राखि  योजना बनाई कार्यान्वयन गर्ने  निर्णय भएको  गुल्मी -रुपन्देही सम्पर्क समन्वय समितिका अध्यक्ष माधव भण्डारीले जानकारी दिए । "बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन रुपन्देही बासी गुल्मेलीहरु आतुर हुनुहुन्छ । " उनले भने - आफ्नो पेशा ब्यावसाय, काम थाती राखेर निर्वाचन क्षेत्रमा खट्न चाहनु भएको छ । भेलामा सहभागीले स्थानीय तहको चुनाबको समीक्षा गरी जित सुनिश्चित भएको र केही  तयारी गरे भारी मत अन्तरले ४ मंसिरको चुनाव जित्ने निश्कर्ष निकालेका थिए ।

भेलामा पूर्व जनप्रतिनिधि तथा नेपाली कांग्रेसका नेता  कर्ण बहादुर कार्कीले  अहिले गठबन्धनका उम्मेदवारले जित्ने अवसर प्रचुर रहेको दाबी गर्दै जिताउनुको विकल्प नभएको बताए ।  भेलामा ब्यावसायी धातानन्द कंडेल, देबि प्रसाद भण्डारी, थानेश्वर भण्डारी,  खिमानन्द भण्डारी उमा ढकाल,   नेपाली कांग्रेस  गुल्मी सत्यवति-रुपन्देही तराई सम्पर्क समितिका सभापति निर्मल भण्डारी,  सचीव अर्जुन ज्ञवाली,  सम्पर्क समितिका सचिव फटिक तरामु लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

गुल्मी १ मा बाम लोकतान्त्रिक गठबन्धनबाट  प्रतिनिधि सभा सदस्य पदको लागि  डा. चन्द्र भण्डारी, प्रदेश १(१)मा सुदर्शन बराल, र  १(२)मा धनेन्द्र कार्की  रहेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र २ प्रतिनिधि शभा पदको लागि रामकुमारी झाक्री २(१)  भुवन प्रसाद श्रेष्ठ  र २(२) मा बुद्धि जिसी उम्मेदवार रहेका छ्न् ।