ताजा अपडेट »

इटालीमा पहिलो महिला प्रधानमन्त्री

शनिबार, ०५ कार्तिक २०७९

रोम । इटालीको इतिहासमै जर्जिया मेलोनी पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । साथै दोस्रो विश्व युद्धपछि इटालीमा पहिलोपटक चरम दक्षिणपन्थी नेतृत्वको सरकार गठन भएको हो ।

गत महिना सम्पन्न निर्वाचनमा चरम दक्षिणपन्थी दल ब्रदर्स अफ इटाली विजयी भएपछि सो दलकी नेतृ जर्जिया मेलोनी इटालीकै प्रथम प्रधानमन्त्री बनेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार मेलोनी र उनको मन्त्रिपरिषद्ले आजै सपथ लिने कार्यक्रम छ ।

प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्ने ४५ वर्षीया मिलोनीको ब्रदर्स अफ इटाली नामक दलले सन् २०१८ मा भएको पछिल्लो निर्वाचनमा चार प्रतिशत मत मात्रै प्राप्त गरेको थियो । इटालीमा दोस्रो विश्वयुद्धपछि युरोपकै अस्थिर सरकार रहेको मानिन्छ । दोस्रो विश्व युद्धपछिका सात दशकमा इटालीमा ६७ वटा सरकार गठन भइसकेका छन् ।-एजेन्सी