ताजा अपडेट »

शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनको उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई

शुक्रबार, ०४ कार्तिक २०७९

बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आयोजना गरेको शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनको रुपन्देहीको उपाधि क्षितिज कलेजले जितेको छ।

सहभागीहरुमध्ये क्षितिज इन्टरनेशनल कलेजका तर्फबाट बीबीए–बीआईका विद्यार्थीहरू क्रमशः प्रमिश राई बान्तवा, प्रियंका अर्याल, सुमित प्रसाद काशौधन र प्रशंसा अधिकारीको टोली सिजन–१ बिजेता घोषणा भएका थिए ।

त्यसैगरी, लुम्बिनी बाणिज्य क्याम्पसका तर्फबाट बीबीएका विद्यार्थी क्रमशः गणेश सुवेदी, कृति न्यौपाने, रक्षा श्रेष्ठ र सन्तोष न्यौपानेको टोली फस्ट रनरअप भएका थिए भने कपिलवस्तु बहुमुखी क्याम्पसका तर्फबाट बीबीएसका विद्यार्थीहरु क्रमशः सन्तोष कुमार विश्वकर्मा, ओमकार मिश्र, गुडिया अग्रहरी र निशा गुप्ताको टोली सेकेन्ड रनर अप घोषित भएका छन् ।

बिजेता टिमका सदस्यहरुले नगद १५ हजार, ट्रफी, स्वर्ण पदक, प्रशंसा पत्र र आकर्षक उपहार, सेकेन्ड रनर अप टिमका सदस्यहरुलाई नगद १० हजार, ट्रफी, रजत पदक, प्रशंसा पत्र र आकर्षक उपहार त्यसैगरी तेस्रो टिमका सदस्यहरुलाई नगद पाँच हजार, ट्रफी, कांस्य पदक, प्रशंसा पत्र र आकर्षक गिफ्टह्याम्पर प्राप्त गरेका छन् ।

पहिलो संस्करणको रुपमा आयोजित प्रतियोगितामा रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा व्यवस्थापन संकायका कलेजका ५२ जना स्नातक तहका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।