भैरहवा । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आम निर्वाचन पछि संघिय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने बताएका छन् । स्थानिय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारमा सहमति समन्वय भएर नै देशमा शान्ती बहाल गर्न एवम आम नेपाली जनताको जिवन स्तर सहज बनाउनलाई पनि गठबन्धनकै सरकार आवश्यकता रहेको उनले औल्याएका हुन ।
५ दलिय गठबन्धनमा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार समेत रहेका खाँणले सिद्धार्थनगर नगर पालिका वडा नम्बर ६ को सम्पर्क कार्यालय उदघाटन गर्दै गठबन्धनको सरकारको लागि जोड दिएका हुन । “देशको शान्ति, स्थायित्व, स्थिरता र बिकास नै अहिले देशको मूल मुद्दा हो ।” खाँणले भने “संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि गणतन्त्रको प्रतिफल नेपाली जनताले प्राप्त गर्नु प¥यो, यी सबैको प्राप्ती नै ५ दलिय गठबन्धनको मूल योजना हो ।”
नेपालमा शान्ती, राजनैतिक स्थायित्वको लागि बिभिन्न राजनैतिक बिचारधार बोकेको दलहरुको बिचमा सहमति र सहकार्य भएर नै गठबन्धन बनाईएको उनले बताए । “जुन पार्टीले सरकार बनाउछ उसैले नै विकासको निति निर्माण गर्दछ ।” उनले भने “ यस क्षेत्रको बिकासको लागि जिल्लाको बिकासको लागि ५ दलिय गठबन्धनलाई सहयोग पु¥याउन अपिल गर्दछु ।”सीमामा बसेर देशको रक्षा गर्नेहरु नै असली राष्ट्रवादी भएको बताउदै खाँणले यस्ता राष्ट्रवादीहरुको सम्मान गर्न गठबन्धनले कुनै प्रकारको कमि कमजोरी नगर्ने बताए ।
यस्तै ५ दलिय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष पाण्डेले ५ दलिय गठबन्धन नामबाट नै पवित्र रहेको बताए । “५ भनेकै पवित्र शब्द हो, हाम्रो ५ दलिय गठबन्धन पवित्र गठबन्धन हो । ३ टिकट महाविकट भनेको तपाईहरुले थाहा पाउनु भएकै हो ।” पाण्डेले भने “ बिभिन्न बिचारधारा बोकेका ब्यक्तिहरु यस राष्ट्रको हितको लागि ५ दलिय गठबन्धनका आवद्द भएका छौ ।” उनले आउदो सन्ततीको भविष्य निर्माणको लागि गठबन्धनको पक्षमा सहयोग गर्न अपिल गरे ।
प्रतिक्रिया