बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस हजारौं गुणा लोकतान्त्रिक रहेको दाबी गरेका छन्। गठबन्धन दलले रुपन्देहीमा शुक्रबार आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । नेकपा एमाले तथा अध्यक्ष केपी ओलीलाई प्रतिगमनकारी भएको आरोप लगाउँदै उनले त्योभन्दा काँग्रेस लोकतान्त्रिक भएको दाबी गरेका हुन् ।
कार्यकर्ताहरुलाई ढुक्क भएर गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नगरिएको उल्लेख गरे । निर्वाचनमा जित हासिल गर्दासम्मका लागि मात्रै गठबन्धन गरिएको हैन । प्रतिगमनको खतरा रहँदासम्म गठबन्धन निरन्तर जान आवश्यक छ ।’
गठबन्धनका उम्मेदवारहरुलाई एक–राजनीतिक दलका मतदाताले धोका नदिन उनको आग्रह थियो । काँग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी अध्यक्ष माधवकुमार नेपालसहित कार्यक्रममा उपस्थित प्रचण्डले भने –‘हामी सबै एक ठाउँमा छौं भन्ने सन्देश दिनका लागि पनि हामी यहाँ आएका हौं ।’ एकले अर्कोलाई धोका नदिन अपिल गर्दै उनले राजनीतिक परिवर्तनका लागि गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।
प्रतिक्रिया