बुटवल । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमाले अध्यक्ष ओलीलाई कटाक्ष गर्दै भनेका छन् ‘मलाई कामै गर्न दिएन’ । एमाले अध्यक्ष ओलीले आफूलाई काम गर्न नदिएको आरोपको खण्डन गर्दै नेपालले रुन्चे स्वरमा बोल्दै भने ‘ ओलीले पनि एक्टिङ गरेको, मलाई कामै गर्न दिएन ।’ गठबन्धन दलले शुक्रबार रुपन्देहीमा आयोजना गरेको प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्य ओलीको कडा आलोचना गरेका छन् ।
प्रशिक्षण कार्यक्रमको संबोधनमा अधिकांश समय ओलीलाई कटाक्ष र आलोचनामा समय खर्चिएका नेपालले अन्तिममा ‘जय नेपाल’ सम्बोधन गर्दै भाषणको अन्त्य गरेका थिए । ओलीले सरकारको नेतृत्व गर्दा आफूले भने वा माओवादी अध्यक्ष प्रचण्डले भनेको मान्दै नमानेपछि छुट्टीनु परेको उलने बताए ।
एमालेबाट केही समयअघि बाहिरिएर गठबन्धन दलको तर्फबाट उम्मेदवार भएका घनश्याम भुसाललाई समेत व्याङ्ग्या गर्दै उनले ओलीलाई भुसालले पनि धुन नसकेको उल्लेख गरे । नेता भुसालतर्फ हेर्दै नेपालले भने –‘उहाले ओलीलाई धुन्छु भन्नु भएको थियो, साबुन पानीले धुँदाधुदै पाखा लाग्नु पर्यो । मैले पहिले नै भनेको थिए ओली सुध्रिने वाला छैनन् ।’ आफूहरुले गठबन्धन गरेर मुलुकलाई निकै ठूलो संकटबाट बचाएको उल्लेख गर्दै समाजवादी अध्यक्ष नेपालले ओलीमा नयाँ तानाशाको आरोप लगाए ।
प्रतिक्रिया