बुटवल । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साना तिना मनमुटाव सहेर भएपनि गठबन्धन दललाई जिताउन आह्वान गरेका छन् । शुक्रबार रुपन्देहीमा आयोजित गठबन्धन दलको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलल मुलुकको लोकतन्त्र बचाउनका लागि गठबन्धनलाई जिताउन आह्वान गरेका हुन् ।
‘अलि–अलि घन्चमञ्च, अलि–अलि मनमुटा जे भएपनि ती सबैलाई भुलेर गठबन्धनका साझा उम्मेदवारलाई जिताउन लाग्नु् ।’–नेता पौडेलले भने सबै ठाउँमा गठबन्धनका सबै दलको प्रतिनिधित्व हुनेगरी संयुक्त कमिटी बनाएर चुनावमा लाग्नुस् । नेता पौडेलले पटक–पटक दोहोर्याउँदै मुलुकको व्यवस्था कायम राख्न र संविधान रक्षाका लागि गठबन्धन गरिएको उल्लेख गरे ।
प्रतिक्रिया