ताजा अपडेट »

प्रतिगमनविरुद्ध गठबन्धन : जनमोर्चा कार्यकारी अध्यक्ष नेपाली

शुक्रबार, ०४ कार्तिक २०७९

बुटवल । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले प्रतिगमनविरुद्ध ५ दलीय गठबन्धन बनेको र आगामी निर्वाचनमा पनि कायम राख्नका लागि सत्तारुढ गठबन्धनले जित्नुपर्ने बताए ।

शुक्रबार बुटवलमा आयोजित ५ दलीय गठबन्धनको संयुक्त भेलामा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले प्रतिगमनविरुद्ध र राष्ट्रियताका लागि नै आफ्नो दल गठबन्धनमा रहेको बताउँदै आफ्नो दलले बाग्लुङ,प्यूठान लगाएत केहि स्थानमा मात्रै उम्मेद्वारी दिएको बताए ।