मंसिर ३०,
काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई फकाउन नसकेपछि नेपाली सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित गरेका छन्।
बिहानदेखि नै पोडेल तथा अर्का असन्तुष्ट नेता कृष्णप्रसाद सिटौला समूहसँगको वार्ता असफल भएपछि देउवाले बैठक स्थगित गरेका हुन्। असन्तुष्ट पक्षले यसअघिका दुईवटा केन्द्रीय समिति बैठक बहिस्कार गरेको थियो ।
प्रतिक्रिया