काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
बिहिबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ।
आज तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार चाँदी तोलामा एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया