काठमाडौँ । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन् ।प्रधानमन्त्री नियुक्त भएको ४५ दिनमा उनले पदबाट राजीनामा दिएकी हुन् ।
प्रधानमन्त्री नियुक्त भएको छोटो अबधिमा प्रधानमन्त्री ट्रसले आफ्नो जिम्मेवारी बहन गर्न नसकेको स्वीकार्दै राजिनामा दिएकी बिबीसीले जनाएको छ ।
राजीनामा दिने क्रममा प्रधानमन्त्री ट्रसले आफू प्रधानमन्त्री हुँदा विश्वले भोगिरहेको चुनौति र बेलायतले सामान गरेको आर्थिक मन्दीको बारेमा जानकारी गराउनुभएको थियो । उनले सिंगो युरोपलाई नै क्षति पुर्याउने गरी युक्रेनमाथि रुसले गरिरहेको आक्रमणको ठूलो असर बेलायतमा पनि परेको उल्लेख गरिन् ।
कन्जरभेटिभ पार्टीको नेताको हैंसियतमा आफूले पाएका जिम्मेवारी निर्वाह गर्न नसकेका कारण आफूले राजिनामा दिएको उहाँले जानकारी दिए।
उनले अर्को साता कन्जरभेटिभ पार्टीको अधिवेशनले नयाँ नेता चयन गर्ने बताइन् । बेलायतको इतिहासमा सबैभन्दा छोटो समय प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी ट्रस पहिलो प्रधानमन्त्री भएकीछन्।
प्रतिक्रिया