ताजा अपडेट »

नेताहरुलाई चुनावी चटारोः मिठाईको डब्बामा वीपीको फोटो टाँसेर कार्यक्रम

विहीबार, ०३ कार्तिक २०७९

बुटवल । चुनावको बेला नेताहरुलाई हतारो हुन्छ तर सामान्य विषयलाई ख्याल नगर्दा उस्तै आलोचना खेपेका हुन्छन् । कपिलवस्तुमा मिठाईको डिब्बामाथि वीपीको फोटो राखेर नेपाली कांग्रेसका प्रदेश महामन्त्री सुरेन्द्र आचार्य, प्रदेश सभामा कांग्रेसबाट उम्मेदार बनेका विक्रमसिंह थापा, महाराजगन्ज नगरपालिकाका मेयर तथा कांग्रेस जिल्ला सभापति अब्दुल कलाम नेपाली कांग्रेसको क्षेत्र नं २ ले महाराजगन्जमा राखेको सम्पर्क कार्यालय उद्घाटन गरेपछि आलोचना भएको छ । सर्वमान्य नेताको तस्बीर यसरी प्रयोग गरेर नेताहरुले अवमूल्यन गरेको भन्दै सामाजिक सन्जालमा तीव्र आलोचना भएको छ ।

सो कार्यक्रममा महाराजगंज वार्ड नं,११ को  इकाई सभापति बुधनाथ गुप्ता, महाराजगगंज नगरपालिकाको नेपाली कांग्रेस नगरसभपति राम अचल कुर्मी,  महाराजगंज नगरपालिका वार्ड नं(१ को  वार्ड अध्यक्ष एवं नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि प्रमोद कुमार चौधरी, महाराजगंज नगरपालिका का युवा नेता अफताब आलम सहभागी रहेको महराजगंज नगरपालिका नेपाली कांग्रेस तरुण दल नगर सभापति सचिदानन्द पाण्डेयले जानकारी दिए ।

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारमा रोक लगाएको छ तर जिल्लामा दैनिक जनप्रतिनिधिहरु यसरी नै नेताको प्रचारमा हिंडीरहेका छन् । महाराजगन्जका मेयर अब्दुल कलाम दैनिक नेतालाई यसरी प्रचारमा लिएर हिंडिरहेका छन् ।