ताजा अपडेट »

हङकङका प्रजातान्त्रिक कार्यकर्तामाथि आक्रमणः चिनियाँ राजदूतलाई स्पष्टीकरण

बुधबार, ०२ कार्तिक २०७९

लन्डन । उत्तरी बेलायतकोे म्यानचेस्टरस्थित वाणिज्य दूतावासको मैदानमा हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि आक्रमण गरिएपछि बेलायतको विदेश मन्त्रालयले चिनियाँ कार्यवाहक राजदूतलाई स्पष्टीकरण सोधेको छ ।

हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीलाई म्यानचेस्टरमा रहेको चिनियाँ वाणिज्य दूतावास नजिक कुटपिट भएको थियो । कुटपिटको बेलायतका कार्यकर्ता र सांसदहरूले छानबिनको माग गरिरहेका छन् । हङकङ आदिवासी रक्षा बल नामक प्रजातन्त्र समर्थक समूहले आइतबार बेइजिङमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाअधिवेशनको  विरोधमा उत्तरी सहरमा रहेको वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन गरेको थियो ।