ताजा अपडेट »

विप्लव पुनः महासचिव, ८१ सदस्यीय केन्द्रीय समिति

बुधबार, ०२ कार्तिक २०७९

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा जारी नवौं महाधिवेशनले महासचिवमा नेत्र विक्रम चन्द विप्लवलाई चयन गरेको छ । विप्लवको नेतृत्वमा ८१ सदस्य पुर्ण केन्द्रीय समिति निर्वाचित गरेको छ ।

८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ पछि थप्ने गरी ७८ जनालाई निर्वाचित गरेको छ भने ४५ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गरेको छ । यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन भने ३ जना पछि थपिने नेकपा स्रोतले बताएको छ ।

यस्तै महाधिवेशनले १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ । प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छ । नेकपाले केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सहित केन्द्रीय नेतृत्वमा ३ तहको संरचना निमार्ण गरेको छ ।

पूर्ण केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र प्रतिनिधि समिति सहित २६५ जनाको समिति निर्वाचित गरिएको छ । महाधिवेशन पछि बस्ने केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागहरु चयन गर्ने बुझिएको छ । ८ दिनसम्म चलेको महाधिवेशन आज बुधबार बिहान समापन भएको जनपत्रकार संगठनका निर्वतमान केन्द्रीय अध्यक्ष तथा केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।